हिमाली सन्देश काठमाडौं- २o७४ कार्तिक ७ मंगलबार राजधानीभित्रको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई ‘भेहिकल फ्रि जोन’ बनाइएको छ। तर यसबारे थाहा नहुने कतिपयलाई सवारी पार्किङ कहाँ गर्ने भनेर चिन्ता थपिएको छ।

ठमेल छिर्ने मुख्य मार्गहरुबाटै सवारी साधनलाई ठमेल क्षेत्रमा प्रवेश निषेध गरी भेहिकल फ्रि जोन बनाइएको हो। अत्यावश्यक सेवाका सवारी साधन मात्र उक्त क्षेत्रमा चल्न पाउनेछन्।

‘वाकिङ स्ट्रिट’को अवधारणा अनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी साधन निषेध गरिएको हो। पर्यटकीय केन्द्रलाई पर्यटकमैत्री बनाउने उद्देश्यले ठमेल पर्यटन परिषद् र ट्राफिक प्रहरीको प्रयासमा ‘वाकिङ स्ट्रिट’ बनाइएको हो। एम्बुलेन्स, सुरक्षाकर्मीको गाडी लगायत अत्यावश्यकीय सवारी साधनले भने प्रवेश पाउनेछ। ठमेल क्षेत्रका होटलहरुका लागि पर्यटक ओसार्ने सवारीसाधनलाई पासको व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाका र होटलमा आउने जाने पर्यटकका सवारी साधनलाई भने आवश्यकता अनुसार पासको व्यवस्था गरिएको छ।

ठमेल क्षेत्रमा आवश्यक ट्राफिक संकेतको व्यवस्थापन गरी आवागमनलाई थप प्रभावकारी बनाइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताए।

पार्किङ कहाँ गर्ने? कताबाट छिर्ने?
१. सवारीसाधन केशरमहलचोकबाट सञ्चयकोष भवन हुँदै नर्सिङ चोक पुगेर दायाँतर्फ गल्कोपाखा र बायाँ ज्याठातर्फ जान पाउनेछन्। तर नर्सिङ चोकबाट सिधै ठमेल भने जान पाउनेछैनन्।

२. मनाङ होटलको गल्लीबाट सातघुम्ती हुँदै ठमेल क्षेत्रमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ। ठमेलबाट जेपी स्कुलको मोडसम्मको सडकखण्ड पनि भेहिकल फ्रि जोन बनाइएको छ।

३. क्षेत्रपाटीबाट जेपी मोडसम्मको सडकमा भने दुईपांग्रे सवारी साधनलाई मात्रै दुईतर्फी चल्न पाउने व्यवस्था गरिएको छ।

४. ठमेल जाने व्यक्तिहरुका सवारी साधनलाई खुशिबु स्थित टाउन प्लानिङ, सञ्चयकोष भवन र लैनचौरको फुटसल ग्राउन्डमा पार्किङको व्यवस्था गरिएको छ।

५. व्यापारिक सामग्री र दैनिक उपभोग्य सामग्री ओसारपसारको लागी राति १० बजेदेखि बिहान ६ बजेसम्म समयसीमा तोकिएको छ।

 

सोर्स:लाइव नेपाल

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय