काठमाडौं, कार्तिक १ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना रोकावट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको हो ।

उहाँले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन पहल जारी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैह्र आवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् नेपालले प्रतिनिधित्व गर्न सकेको जिकिर गर्नुभयो ।
श्रोत इकान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय