मिङमा शेर्पा, ताप्लेजुङ नेपाल आदिवासि जनजाति विद्यार्थी महासंघ जिल्ला सम्मन्वय समिति ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन बाट तेन्जिङ शेर्पा पाङकर्मा सर्वसम्मत चयान भएको छ । अधिकार र पहिचानको लागि सम्बिधान संसोधनको निम्ति शसतता आन्दोलन राज्यको हरेक तह र निकायमा समानुपातिक समावेशिताको लागि तेस्रो जिल्ला सम्मेलन भन्ने नाराका साथ सदरमुकाम फुङलिङबजारमा सम्पन्न भएको छ । नेवा राज्य इचार्ज तथा नेपाल आदिवासि जनजाति विद्यार्थी महासंघ केन्द्रिय सदस्य रामचन्द्र राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा तेन्जिङ शेर्पाको अध्यक्षताका २३ सदसिय जिल्ला सम्मन्वय समिति गठन भएको छ । उपाध्यक्षमा मनु माबो, सचिव सुर्य गुरुङ, सह सचिव यसोदा पतङवा, कोषाध्यक्षमा बसन पन्दाक सदस्य किरण लिम्बु ,बसन्त पालुङवा, सुुसन राई, कमल राई पेम्बा शेर्पा, बिनु शेर्पा, समिर गुरुङ सर्वसहमतिमा चयन भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय