२० माघ, ताप्लेजुङ तेन्जिङ शेर्पा पाङकर्मा ताप्लेजुङको सुकेटारमा आगामी चैत्र २७,२८ र २९ मा हुनगइरहेको बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी तिब्र बनइएको छ । कार्यक्रम सुरुहुन केहि दिन अगावै सबै तयारी पुरा गरी सक्नुपर्ने भएकाले कार्यक्रमको तयारी तिब्र बनाइएको सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।कार्यक्रम स्थलमा टहरा निर्माण गर्नका लागि चित्रा बुन्ने लगायत सबै कार्यकोे सुरुवात भइसकेको र बौद्ध धर्मावलम्बी लगायत सम्पुर्ण जनसमुदायलाई आफुले सकेजतिको भौतिक,आर्थिक तवरले सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । बज्रगुरु मन्त्र जप गर्नको लागि ताप्लेजुङ, पाचथर, संखुवासभा र काठ्मान्डौ लगायतका अन्य जिल्लाहरुबाट समेत गरि पन्द्र देखि बिस हजार जनाको हाराहारीमा जनसहभागिता रहने अनुमान गरिएको र सात जना औतारि लामागुरु, दुई सय पचास जना लामागुरुहको उपस्थितिमा श्रदेय गुरु दिल्गो खेन्से याङसि रिम्पोछेको प्रमुख आतिथ्यतामा तिन दिने बज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन हुने शेर्पाले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित