Advertisement


सुबास दर्नाल/११ असोज — सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल, चौरिखर्कमा बुधबार यस सिजनकै सबैभन्दा बढि हवाई उडान भएको छ । मौसम खराबीका कारण नियमित उडान हुन नसकेको सो विमान स्थलमा मौसम सुधार भए लगत्तै बुधबार ३५ उडान भएको हो ।

बुधबार तारा एयरको २०, सिता एयरको १० र गोमा एयरले ५ उडान गरेको हो । केहि दिन यता मौसम खराबीका कारण उडान हुन नसक्दा खुम्बु क्षेत्रबाट फर्कने तथा भित्रने पर्यटकहरु विमानको पखाईमा बसेका थिए ।
३५ उडान भएसँगै ४ सय ९५ विदेशी पर्यटकहरु खुम्बु भित्रिएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । खुम्बु क्षेत्रमा यतिको संख्यामा पर्यटक भित्रिए पछि खुम्बु क्षेत्रको चहलपहल बढेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय