सोलुखुम्बु जिल्ला टाप्टिङ –९ मा दिमिल आधारभुत विद्यालयको उद्घाटन सम्पन्न भएको छ । नयाँ भवनको उद्घाटन जिल्ला शिक्षा अधिकारी डिक बाहदुर राईको प्रमुख अतिथ्यमा भएको हो । वि स २०४५ सालमा निर्माण भएको विद्यालय २०७२ सालको महविनाशकारी भुकम्पका कारण क्षतिग्रत विद्यालयको भवन एक्टिभ फ्रेण्ड एजि स्विजरलेण्डको सहयोगमा पुर्ण निर्माण भएको हो । सहायोग रकम संकलन गर्न समाजसेवी तथा पर्यटन व्यवसायी मिङमार शेर्पा र सहयोगी सस्थाका डाइरेक्टर  hansruedi र cristine buchi दगअजष् लाई प्रमणपत्र तथा खाद द्धारा सम्मनित गरेको छ । साथै विद्यालय पुर्ण निर्माण गर्न २९५०० अमेरीकी डलर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङ बावु शेर्पाले जानकारी दिनुभएको छ । विगत एक वर्ष देखी क्षतिग्रस्त विद्यायमा जोखिमपुन रुपमा अध्यपन गर्दै आइरहेकोले नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरु तथा स्थानीय हरु पनि खुसी भएको कुरा शिक्षिका ङिमी शेर्पाले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय