आयोगले गरेको अन्यायलाई सच्याउने काम भएको अध्यक्ष असिम राईको प्रतिक्रिया

२५ भदौं । सोलुखुम्बुमा अवस्थित दुधकौशिका गाउँपालिकाको नाम संसोधन गरी थुलुङ दुधकोशी गाउँपालिका कायम गर्ने सर्वसम्मत निर्णय भएको छ । आइतबार सम्पन्न पहिलो गाउँ सभाले थुलुङ दुधकोशी गाउँपालिका नामाकरण गर्ने निर्णय रुपमा पारित भएको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

गाउँ सभाको बैठक सकिने वित्तिकै शिखरपोष्टसँगको टेलिफोन वार्तामा अध्यक्ष राईले गाउँपालिकाको नाम परिवर्तन ऐतिहासिक कार्य भएको उल्लेख हिजो राज्य पुनर्संरचना आयोगले गरेको अन्यायलाई जनप्रतिनिधिहरुले सच्याउने काम गरेको प्रतिक्रिया दिनुभयो ।

‘संवैधानिक अधिकार प्रयोग गर्दै यो निर्णय गरेका छौं’ उहाँले भन्नुभयो ‘हिजो हाम्रो गाउँपालिकाको नामाकरणमा राज्य पुनर्संरचना आयोगले जुन अन्याय गरेको थियो । हामीले त्यसलाई करेक्ने गर्ने काम गरेका छौं ।’

सोलुखुम्बुको साविक लोखिम, जुबु, देउसा, मुक्ली, कागेल, पन्चन र नेले गाविस मिलेर बनेको सो गाउपालिका आदिवासी किरात थुलुङ राईहरुको उद्गम स्थल मानिन्छ ।

जनप्रतिनिधिहरुबाट पारित गाउँपालिकाको नामाकरणसम्बन्धि उक्त निर्णय भोली नै आयोगमा पठाउने तयारी भइरहेको वडा नम्बर ७ का अध्यक्ष राम संघर्ष थुलुङले जानकारी दिनुभयो । – shikharpost

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय