नेपालमा पहिलो पटक टि.टिव्टी ह्लिचियर क्रिकेट कप सोमबार राजधानीमा सम्पन्न भएको छ । नेपाल ह्लिचियर क्रिकेट संघले नेपालमा पहिलो पटक मैत्रीपूर्ण टि.२० ह्लिचियर क्रिकेट कप आयोजना गरेको थियो । खेलमा बि.आइ ए फाउण्डेसन र नेपाल आर्मीको दुइ समुहका ३० बढी अपाङगता भएको खेलाडीहरुले सहभागीता जनाएका थिए । अष्ट्रियाली नागरिक लिनेन गर्डन र उनको बुवा आलेन गर्डनको सहयोगमा गरिएको प्रतियोगिताको आयोजना गएिको थियो । बिशेष गरी अपाङगता भएका ब्यक्तिहरुका लागि यस्तो प्रतियोगिता मात्र नभइ उनीहरुको लागि आत्मविश्वास बढाउने र थेरापीको काम समेत गर्ने भएकाले कार्यक्रम महत्वपूर्ण हुने नेपाल ह्लिचियर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले बताउनुभयो । कार्यक्रममा सफल बनाउन अन्य विभिन्न संघसस्था गुलाव जामुन , जि.क्याफे ,लगायतले पनि सहयोग गरेका थिए । कार्यक्रममा अष्ट्रियाली नागरिक लिनेन गर्डनको सहयोगमा ल्याबोटरी बोडिङ स्कुलका दृष्टिविहीन बालबालिकालाई ब्रेल लिपिसमेत हस्तान्तरण गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित