३० जेठ, सोलुखुम्बु – नेपाली कांग्रेसले सोलुखुम्बुमा स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । मंगलबार कांग्रेसले सोलुखुम्बुको स्थानीय तहको उम्मेदवार टुंग्याएको हो ।
दुई पक्षको विवादका कारण उम्मेदवार टुंगो लगाउन ढिलो गरेको कांग्रेसले सोलुदुधकुण्ड नगरपालिकामा नाम्गेल जाङ्बु शेर्पालाई प्रमुखको उम्मेदवार बनाएको छ । उपप्रमुखमा भने महिला नेतृ छिण्डी ल्हमु शेर्पालाई उम्मेदवार बनाएको छ ।
महाकुलुङ गाउँपालिकामा भलाकाजी कुलुङले बाजी मारेकाछन् भने सोताङ गाउँपालिकामा खिलाराज बस्नेत प्रमुखको उम्मेदवार भएकाछन् । दुधकोशी गाउँपालिकामा भोजराज कार्की, नेचा सल्यान गाउँपालिकामा धनजन राई, लिखुपिके गाउँपालिकामा रामबहादुर बस्नेत र खुम्बु पासाङल्हमु गाउँपालिकामा चुङबा शेर्पालाई प्रमुखको उम्मेदवार बनाएको कांग्रेस सोलुखुम्बु सभापति बिनोद बस्नेतले जानकारी दिए ।
यस्तै दुधकौशिका गाउँपालिकामा हुत्तराज बस्नेत प्रमुखको उम्मेदवार बनेकाछन् ।

 

Source:solukhumbusamachar.com

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय