अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै सन १९६६ बाट शुरु भएर नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा सम्पन्न भएको छ यसलाई मुर्तरुप दिन नेपाली राजदुताबास र काउन्सिलसँग बिभिन्न चरणमा घनिभुत छलफल हुँदै यो सफलता हासिल संभव भएको हो । काउन्सिल बिभिन्न स्कुल र स्थानीय संघसस्था परिचालन गरिएको थियो भने नेपाली दुताबासले न्यु साउथ वेल्स अन्तर्गत सिडनी, वेरन्ज र ए सि टि अन्तर्गत क्यान्भेराको नेपाली संघ संस्ठासंग हातेमालो गरेका थिए । यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान बढाउने सामग्री बिधालयका बिद्यार्थीको सिर्जनामा कलात्मक ढंगले राखिएका थिए ।
सिटी काउन्सिलबाट निकालिएको झाँकीसहितको र्‍यालीमा नेपाली भेषभुषा, बुद्ध नेपालमा जन्मेका नारा, सगरमाथा, लुम्बिनीलगायत झल्कने सामाग्री राखिएको थियो। हजारौको संख्यामा रहेका अष्ट्रेलियन र नेपाली सहभागी र्‍याली स्थानीय पार्कमा गएर महोत्सवका रूपमा परिणत भएको थियो।
नेपाल चिनाउने र अष्ट्रेलियाको दुई देश बिच सम्बन्ध जोड्ने जनस्तरमा बलियो नाता गास्ने साथै नेपालको पर्यटन बिकासमा बेजोड टेवा पुग्ने कार्यक्रम अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा र काउरा काउन्सिलका मेयर बिल वेष्टले संयुक्त्त रुपमा उदघाटन गरेका थिए । सो कार्यक्रममा अष्ट्रेलियाको पहिलो सगरमाथा आरोही र सबैभन्दा कम उमेरको आरोहीको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा राजदुत महामहिम लक्की शेर्पाले नेपालको बिबिधता र बिबिधता भित्रको एकता नेपाली सुन्दरताको बर्णन गर्नु हुँदै सबै अष्ट्रेलियावासीलाई नेपालको आथिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा आउनको लागि अनुरोध गर्नु भयो । साथै कार्यक्रम सफल पार्न भूमिका खेल्न हुने संघसंस्था, कलाकार, पत्रकार लगायत सम्पुर्णलाई नेपाली राजदूत लक्की सेर्पाले धन्यवाद दिनु भयो । कार्यक्रम नेपाली सांस्कृतिक संगालोको अनुपम प्रस्तुती सहित राती अबेर सम्पन्न चलेको थियो ।
नेपाली दुताबासको अग्रसरता र सकृयातामा भब्य रुपमा नेपाल र नेपाली पर्यटन पर्बधनमा यस किसिमको एतिहासिक सफलता भएको पहिलो चोटि रहेको एन. आर. एन, आदिबासी जनजाती महासंघ र अष्ट्रेलिया नेपलिज फ्रेन्डसिप सोसाईटिको प्रतिनिधिहरुको भनाई रहेको थियो । जहाँ ८५ प्रतिशत अष्ट्रेलियनहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय