सुदुरपुर्वी इलाम जिल्ला जन्मिन्नु भई पढाईका शिलसिलामा काठमाडौ हुँदै अस्ट्रेलिया पुग्नु भएका नेपाल शेर्पा विद्यार्थी संघका सस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघ केन्द्रिय सास्थापक सदस्य निमा ग्यालेजन शेर्पा ज्युको वर्ल्ड शेर्पा न्युज डट कमसग भएको संक्षिप्त कुराकानी मिङमा शेर्पा पाङकर्माको साथमा :-

१. अध्यक्ष ज्यु वर्ल्ड शेर्पा न्युज डट कममा यहाँलाई स्वागत छ ।

– धन्यबाद मलाई आफ्नो दुई शब्द राख्ने मौका दिनु भएकोमा तपाईं लगायत वर्ल्ड शेर्पा न्युज डट टिमलाई ।

२. यो भन्दा २५ बर्षा अघि तपाईं शेर्पा विद्यार्थीहरुको नेतृत्व गर्दै नेपाल शेर्पा सघको सस्थापक सदस्य पनि हुनुहुन्छ, पहिला र अहिलेमा के भिन्नता छ ?

– पहिले जुन सुकै काम गर्न नि गाहरो थियो । थोरै विद्याथी संख्या, फेरी एक अर्कामा सम्पर्क गर्न लाई आज जस्तो फोन को सुबिधा थिएन । कसैलाई भेट्न हिडेर नै कोठा मै पुग्नु पर्ने । अनि अहिले जस्तो सामजिक र राजनैतिक परिवेश पनि तेती खुला थिएन । अहिले धेरै राम्रो छ । बाक स्वतन्त्र, हरेक मा चेतना को स्तर उच्च छ । राम्रो भई रहेको छ ।

३. अक्टोबर ८ देखि १० सम्म हुने प्रथम ऎतिहासिक बिश्व शेर्पा सम्मेलन हुँदैछ यसको पृष्ठभुमिको बारेमा बताई दिनु होस न ?

– यो अक्टोबरको ८ देखि १० सम्म हुन गइ रहेको बिश्व शेर्पा सम्मेलन बिगत दुई बर्षा देखिको निरन्तर स्कयाप कल कोंफेरेंसको परिणाम हो । हेरेक दोस्रो महिनाको पहिलो आइतबारको दिन नियमित बैठक बसेर मिति तया गरिएको हो । बिश्व भरि छरिएर रहेका शेर्पाहरुलाई एकताबद्द गर्दै शेर्पाहरुको आफ्नो बौद्ध धर्म, संस्कार, संस्कृति, भाषाहरुको जगेर्ना गर्न र आउने पिढीहरु सम्म आफ्नो शेर्पा पहिचान र परम्परा लाइ निरन्तर दिनको लागि पहल गर्नको लागि यो सम्मेलन हुन गई रहेको छ ।

४. बिश्व शेर्पा सम्मेलन नजिकिँदै गर्दा धेरैलाई खुल्दुलीको बिषय भनेको छ, नेपाल शेर्पा सघ र बिश्व शेर्पा सघमा के फरक रहेको छ ?

– नेपाल शेर्पा संघ र बिश्व शेर्पा संघले एक अर्कामा हातेमालो गरेर शेर्पाहरुको भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै सम्पुर्ण शेर्पाहरुलाई एउटै सुत्रमा बाधेर उनिहरुको भलाईको लागि काम गर्ने साझा संस्था हो भनेर बुझ्दा सजिलो होला । निश्चित रुपमा बिश्व शेर्पा संघले बिश्वका विभिन्न मुलुकमा बसोबास गर्ने शेर्पाहरु संग बढी मात्रमा सहकार्य गर्ने छ, भने नेपाल शेर्पा संघले नेपाल भित्रैका शेर्पाहरु संग आफ्नो कार्यक्रमहरु घनिभूत रुपमा संचालन गर्न सक्छ । तर समग्रमा सबै तिरका शेर्पाहरुको भलाईको लागि काम हुने छ । दुवै संस्था एक अर्कामा सहयोगी भएर अगाडी बढ्ने कुरामा दुइ मत छैन ।

५. बिश्व शेर्पा सम्मेलन सम्पन्न पार्षद कार्ययोजना र भुमिकाहरु के-के रहन्नेछ ?

– अहिले सम्म तिन दिनको कार्यक्रम तयार भएको छ । सबै क्षेत्रका शेर्पा प्रतिनिधिहरुको सहभागिता रहने र उक्त कार्यक्रममा विभिन्न बिषयहरुमा जस्तै धर्म, संस्कार संस्कृति, भाषा, शिक्षा , आर्थिक, कला आदि बिषयमा गत कार्यपत्रहरु बिज्ञाहरुबाट प्रस्तुत हुने छन् र त्यसमा गहकिलो बहस हुनेछ । त्यसै बहस र छलफल बाट निस्केका निचोड नै भाबी कार्यक्रमको रुपमा सबै सामु प्रस्तुत हुने छ ।

६. शेर्पा समुदाय भित्र रहेको संकुचित भावनाहरु कसरी मिलाएर लान सकिन्छ ?

– मलाई हाम्रो शेर्पा समुदायमा त्यस्तो कुनै संग्कुचित भए जस्तो लाग्दैन । बिगतका दिनहरुमा समय र परिस्थितिले गर्दा त्यस्तो कुनै सोच र बिचार कतै भएको हुन सक्लान । जानी नजानी अज्ञानता बस कसैमा त्यस्तो सोच भएको भए पनि अब त्यस्तो सोच लाई बदल्नु पर्छ । संकुचित सोच बाट हामी एक हुन सक्दैनौ । अबको दिनमा हामीले कुनै संकुचित भावाना राख्नु हुदैन । यस्तो साघुरो संकुचित सोचले हामीलाई कम्जोर बनाउछ । शेर्पाहरुको एकतामा बाधा पुर्याउछ । यो सब नहोस भनेर नै यो सम्मेलनको मुख्य नारा नै संसार भरिका शेर्पाहरु एक हौ भन्ने छ । यो सम्मेलनले शेर्पा हरुलाई एक ढिक्का बनाएर लानेछ ।

७. नेपालको विभिन्न जिल्ला तथा विश्व भरीका कुनाकन्धारामा छरीएर रहेका शेर्पाहरुको थरहरु धेरै जस्तो शेर्पा शब्दकोषमा र अन्य पुस्तकहरुमा समेटिएको पाइन्दैन यसको विकल्प के रहन्छ ?

– शेर्पाहरुको इतिहास अझै खोज अनुसन्धानकै बिषय भएको जस्तो लाग्छ । बिभिन्न ठाउका शेर्पाहरुको पहिचान इतिहास बिस्तारै बाहिर आउदै छ । त्यसो भएको हुदा कुनाकन्दरामा छिट पुट शेर्पाहरुको थरहरु सबै मूल धारमा समेट्नु पर्छ र समेटिने छ । भोलि पनि अरु नया थरहरु देखा परियो भने थपिदै जाने क्रम चल्ने छ । किनकी हाम्रो आफ्नो इतिहास र संस्कृति खोज अनुसन्धानकै क्रममा छौ । यो सम्मेलनले यो सब कुराहरुलाई सम्बोदन गर्ने कुरामा मा बिश्वासता छु ।

८. हिमाली शेर्पाहरुको भाषा, धर्म, सस्कार, सस्कृतिक, भोषभुषा, मैलिक पहिचानलाई संरक्षण कसरी गर्न सकिन्छ आजै शेर्पा जातियहरु दोस्रो संविधानबाट अल्पसंख्यामा परेको छ्न ?

– हो एक दम राम्रो प्रश्न उठाउनु भो । यी माथिका कुराहरुलाई बचाउनको लागि शेर्पाहरुको गौरब शालि इतिहास धर्म, संस्कृतिलाई जोगाउनको लाई हामी शेर्पाहरु एक जुट भएर लाग्नु पर्छ । यसो भएको हुदा साना तिना खुद्रा मसिना कुरामा अलिकति पनि समय खेर नफाली कन हामी संसार भरिका शेर्पा एक हौ भन्ने भावना बिकास गर्नु जरुरि छ । यहि कुराको सेरोफेरोमा रहेर बिश्व भरीका शेर्पाहरुको सम्मेलन हुँदै छ । हामीले सानो ठुलो यो त्यो भन्ने संकुचित कुरा लाई त्यागेर एक हुनुको बिकल्प छैन । सम्पुर्ण शेर्पा एक ढिक्का भए पछि साझा सवालमा उनिहरुको आवाज पनि एकै हुने छ । त्यस पछि शेर्पाहरु कुनै हालतमा अल्पसंख्यामा कहिँ पनि पर्ने छैन ।

९. बिश्व शेर्पा सम्मेलनको भुमिका युवा पुस्तालाई रोजगारी मुक्त बनाउनु र आर्थिक वृद्धिको बनाउनको लागि कस्तो भुमिका रहन्नेछ ?

– यस बारेमा हाम्रो बिषय गत र घनिभूत छलफल हुने छ । सम्मेलनले युवाहरुको बारेमा सर्बनगिण क्षेत्रको कुरा उठाउने छ भन्ने मलाई लागेको छ । यसमा आर्थिक र रोजगारी मात्र नभएर, शैशिक, बौद्धिक, नेतृत्व बिकाशमा समेत छलफल हुने कुरामा आशाबादी छु ।

१०. प्रथम ऎतिहासिक विश्व शेर्पा सम्मेलनबाट कस्तो नेतृत्व पाउला ?

– सम्मेलनले अहिलेको बर्तमान परिस्थिति लाई मध्यनजर गर्दै समयको माग र परिस्थिति अनुसार बिश्व भरिका शेर्पाहरुलाई समन्वय र सहकार्य गर्दै गतिशील नेतृत्व दिन सक्ने ससक्त नेतृत्वको टिम बनाउनेमा बिश्वासता छु । बिश्व परिबेसको चुनौती लाई सामना गर्दै दुनियाको सामु शेर्पाको सिंगो पहिचान लाई जोगौदै शेर्पाहरुको चौतर्फी विकासमा लागि पर्ने नेतृत्व नै अहिलेको माग हो । र यो माग बिश्व शेर्पा सघले पुरा गर्नेछ ।

११. यहाँले आफ्नो महत्त्वपूर्ण अमुल्य समय दिनु दिएकोमा वर्ल्ड शेर्पा न्युज डट कमको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट बिषय धन्यवाद व्यक्त गर्दछु साथै अन्तयमा के सन्देश दिनु हुन्छ ?

– आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा त्यसको लागि पुर्ण धन्यबाद दिदै आगामी हुने प्रथम ऎतिहासिक बिश्व शेर्पा सम्मेलनले बिश्व भरी छरीएर रहन्नु भएका शेर्पाहरुलाई एकता बद्द गराउदै सम्मेलन सम्पन्न गराउन विभिन्न राष्ट्रियबाट पाल्नु हुने प्रतिनिधिहरुको उपस्थितिले ऎतिहासिक मोड लिनेछ भन्ने अठोट गरेकोछु । साथै विश्व शेर्पा सम्मेलन कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु थुचेछे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय