निम्लेकी
आदिवासी जनजाती चलचित्र महासंघले पहिलो पटक आदिवासी जनजाती चलचित्र महोत्सव २०१७ आयोजना गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरुको मौलक कला संस्कृति , भाषा धर्म परम्परा प्रथाहरुको दस्तावेजकिरण संरक्षण प्रवद्र्धन साथै पर्यटन विकास लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहयोग पु¥याउने उदेश्यसहित यो कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष्ँ अमृत बादुर सुनुवारले बताउनु भयो । असार १७ ,१८ र १९ गते आयोजना हुन लागेको महोत्सवमा विभिन्न जातजाती भाषाभाषीको गरी १८ आदिवासी चलचित्रहरु प्रदर्शन हुनेछ ।

आदिवासी चलचित्रले सोचे अनुरुप बजार पाउन नसकीरहेको र संबन्धित निकायले चासो नदिएको उनीहरुको गुनासो छ । आदिवासी समुदायको मौलिक कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन चलचित्रको माध्यमबाट पनि गर्न सकिन्छ भन्ने हेतुले यो महोत्सव आयोजना गर्न लागेका अध्यक्ष्ँ सुनुवारले जानकारी दिनुभयो । महोत्सवमा सहभागी भएका चलचित्रहरुलाई जनही ५ हजार तथा सहभागी दर्शकको भोटिङको आधारमा उत्कृष्ट चलचित्रलाई नगद रु २५ हजार सहित पुरस्कृत गर्ने आयोजनले जनाएको छ । नेपाल टुरिजम बोर्डको हलमा आयोजना लागेका कार्यक्रममा सहभागी हुन जो कोहि आउन सक्ने त्यसको लागि टिकट लिनु पर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय