तामाङ समुदायमा ल्होछारसम्बन्धी अन्यौलताको मुख्य कारण पात्रोकाे ज्ञान नभएको हुन गएकाे खेन्पो रिन्पेछे सोनाम ग्युर्मेले बताए । शनिबार काठमाडौंमा सम्पन्न तामाङ डाजाङको १७१ औं साहित्यिक कार्यक्रमसँगै ल्होछारसम्बन्धी अन्तरक्रियामा मन्तव्य राख्ने क्रममा धर्मगुरु ग्युर्मेले सो कुरा बताएका हुन् । ‘पात्रो सम्बन्धी ज्ञान नभएकाले यसबारे सबै अन्यौलता भएको हो’ ग्युमेर्ले प्रष्ट पारे, ‘यसपाली पात्रो अनुसार फागुन ४ मै सोनाम ल्होछार परेको छ ।’ (भिडियो हेर्नुहोस्)
https://youtu.be/eDTrvBnnoZQ