पात्ले शेर्पा किदुग अर्थात पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौंको अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन् । उनी यसअघि कार्यवाहक अध्यक्ष थिए । आठौ साधारणसभाले शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरे । आगामी तीन बर्षको लागि चयन भएको समितिको उपाध्यक्षमा ङिमा याङजी शेर्पा र पासाङ दावा शेर्पा, महासचिवमा सार्की शेर्पा, सचिवमा मिङमार शेर्पा, कोषाध्यक्षमा पेम्बा शेर्पा रहेका छन् । त्यस्तै, सदस्यहरुमा याङजी, ङिम्टी, छिरिङ, तेन्जी शेर्पा, दोर्जी, ङावाङ फूरी र तेण्डी शेर्पा रहेका छन् ।पात्ले शेर्पा किदुगको नेतृत्वमा पुनः पासाङ
पेम्बा शेर्पा
पात्ले शेर्पा किदुग अर्थात पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौंको अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन् । उनी यसअघि कार्यवाहक अध्यक्ष थिए । आठौ साधारणसभाले शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरे । आगामी तीन बर्षको लागि चयन भएको समितिको उपाध्यक्षमा ङिमा याङजी शेर्पा र पासाङ दावा शेर्पा, महासचिवमा सार्की शेर्पा, सचिवमा मिङमार शेर्पा, कोषाध्यक्षमा पेम्बा शेर्पा रहेका छन् । त्यस्तै, सदस्यहरुमा याङजी, ङिम्टी, छिरिङ, तेन्जी शेर्पा, दोर्जी, ङावाङ फूरी र तेण्डी शेर्पा रहेका छन् ।
नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङ दोर्जी शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव गेली शेर्पाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष ङावाङ पेम्बा शेर्पाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको एघारौं बार्षिकोत्सव तथा साधारणसभामा तत्कालिन पात्ले गाविसका शेर्पा समुदायको वाक्लो उपस्थिती रहेको उपाध्यक्ष आङ कामी शेर्पाले जानकारी दिए । आयोजित कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरे । साधारण सभामा पूर्व अध्यक्ष छोङवा शेर्पा, ङावाङ फूरी शेर्पा, पेम्बा शेर्पा र पत्रकार लाक्पा जी. शेर्पा लगायतले आ–आफ्नो धारण राखे ।
त्यस्तै, प्रमुख अतिथि शेर्पाले शेर्पा संघको भवन निर्माणमा ओखलढुगा जिल्लाबाट पनि क्रियाशिल भएर सहयोग हुने विश्वास व्यक्त गरे । अर्को सन्दर्भमा शेर्पाले नेपाल शेर्पा संघले सम्पूर्ण शेर्पा संस्थालाई एकित्रित गरी साझा संस्था निर्माणका लागि पहल थाल्ने समेत बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित