हिमाली सन्देश- पछिल्लो समयमा युवाहरु बैदेशिक रोजगारमा जान हुमिरहेको भेला दाबुटी शेर्पा भने कफी व्यापार र प्रशिक्षकमा व्यास्ता छिन् । दोलाखा जिल्लाका विकट गाँउ तर सुन्दार गौरीशंकर हिमालको काखमा रहेको सिमीगाँउमा बि.स. २०५१ सालमा जन्म भएको शेर्पा सगरमाथा जाने तयारी पनि गरि रहेकी छिन् । हिमालको काखमा हुर्किएकाले होला सानै देखिको सपना थियो हिमाल चढ्ने । तर समयले उनलाई बारिस्ता पेशामा दकेली दियो । २०६६ सालमा आफ्नै जिल्लाको विद्यालयबाट एलएलसी पश्चात पढाईलाई अघि बढाउन राजधानी पसेकी उनले पढाई सँगै कफी बनाउने तलिम लिईन । मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिए लगतै उनले यसै पेशालाई अङ्गालिन र मितिनि क्याफेमा काम गर्ने अवसर पईन । केही बर्षको अनुभव पश्चात मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाएका थिए । उनले मितिनी सँगै अन्य विभिन्न क्याफेबाट पनि प्रशिक्षकको काम गरिन । र अहिले बोद्धमा मितिनीकै साखाको रुपमा आफ्नै मितिनी क्याफे बौद्ध सञ्चालन गरि रहेकी छिन् । कफीको काम सँगै उनलाई आफ्नो सानोको उदेश्य हिमाल चढ्ने सपना पुरा गर्न हिमाल चढ्ने तयारी गरि रहेकी छिन् ।

सन् २०१८मा सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी उनको उदेश्य छ नेपालको कफी बिश्वको सबै भन्दा उत्तम कफी भनेर चिनाउने । नेपालको कफीको व्यापार नेपाल बहिरा हुने गरिन्छ तर नेपालमा भने यसलाई प्रयोग ल्याउन सकेको छैन । नेपाली बजारमा अन्य देशका कफी सरह नेपालको कफीलाई स्थान पाउनु पर्ने उनको भनाई छ । नेपाली कफीले अन्तराष्ट्रिय स्तरमा स्थान पाएको भए पनि नेपालमा यस्को राम्रो प्रयोगमा आउन नसकिरहेको समयमा हिमाल हारोहणबाट नेपाली कफीलाई नेपाली बजार र बिश्वमा नेपालको कफीलाई चिनाउने विचार शेर्पाले राखेकी छिन् । नेपालमा कफी खेतीलाई चिन्न सकेमा र यसलाई व्यावस्थित बनाउन सकेमा नेपालका कयौँ युवाले अन्य देशमा आफ्नो श्रम बेच्न बाध्य नहुने उनको भनाई छ ।

सगरमाथा आरोहणले नेपालको कफीलाई स्थान पाउन सकिन्छकि भन्ने विचारले आफ्नो सपना सँगै कफीलाई चिनाउने सोचमा सगरमाथा आरोहण गर्न लागेको उनी वताउछिन् । सगरमाथा आरोहणका लागि उनलाई आफ्नो समुदायको साथ र सहयोगको समेत आवश्यक रहेको र सबैले सहयोग गर्नु हुन्छ भन्ने आशा पनि राखेकी छिन् । शेर्पाले आफ्नो पेशा सँगै सामाजिक काम पनि गरिरहेकी छिन् । उनी शेर्पा सञ्चार समुह नेपालको केन्द्रिय सदस्यमा रहेर सामाज सेवा पनि गरि रहेकी छिन् । यसरी सगरमाथा आरोहण गर्ने र नेपालको कफीलाई प्रोमोट गर्ने सोचले हिमाल आरोहणलाई रोजेकी उनको सपना पूरा होस् हाम्रो पनि शुभकामना ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय