सोलुखुम्बु जिल्लाको गोलीबाट काठमाण्डौ आई बसोबास गर्ने शेर्पाहरुको साझा संस्था पिके गेलेक दग्र्यालिङ छोक्पा गोलीको छैटौ साधारणसभा कुशाल व्यंकेट टुसालमा भव्यताको साथमा सम्पन्न भयो । छोक्पाको अध्यक्ष फुर्पा गेल्जेन शेर्पाको अध्यक्षतामा बसेको साधारणसभाले छोक्पाको सचिब आङ पेम्बा शेर्पाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७३/७४ को प्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितीमा छोक्पाको सल्लाहकार छिरिङ शेर्पाले २०७३/७४ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत प्रस्तुत गरियो । छोक्पाको वर्तमान कार्यसमितिको अध्यक्ष फुर्पा गेल्जेन शेर्पार्काको अध्यक्षतामा नयां कार्य समिति गठन गरिएको छ । सो समितिको बरिष्ठ उपाध्यक्ष रिन्जी शेर्पा,उपाध्यक्ष श्रीमति पेम्बा याङजी शेर्पा, उपाध्यक्ष आङ याङडु शेर्पा,सचिबमा देण्डी शेर्पा,कोषाध्यक्षमा छिरिङ शेर्पा,सह सचिवमा दोर्जीनुर्वू शेर्पा रहनु भएको छ भने सदस्यहरुमा आङ पुटी शेर्पा,सम्देन शेर्पा,कर्म साङगे शेर्पा,तेम्बा शेर्पा,दावाछिरी शेर्पा,पासाङ तेम्बा शेर्पा,पासाङ शेर्पा,आङ कामी शेर्पा,कामी शेर्पा र पेम्बा शेर्पा रहेको छ । त्यसैगरि ओर्गेन साङाग क्षोलिङ गुम्बाको साधारणसभा पनि आज नै सम्पन्न गरेको छ भने साधारणसभामा गुम्बाको सचिब छिरिङ शेर्पाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७३/७४ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष फुर्पा गेल्जेन शेर्पाले २०७३/७४ को आर्थिक प्रतिवेदनलाई प्रस्तुत गरियो । २०७२ को विनासकारी भुकम्प पछि सोलुखुम्बु जिल्लाको साविकको गोली–८ हालको लिखुपिके गाउंपालिका १ गोल्लामा रहेको ओर्गेन साङाग क्षोलिङ गुम्बा पुर्णरुपमा क्षतिग्रस्त भएको थियो भने सो गुम्बाको हाल पुर्ननिर्माण भैरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय