
पोखरा, १० असोज । पोखरा लेखनाथ महानगरपालिकास्थित शहीद लखन थापा मगरको रातारात प्रशासनले शालिक हटाएको छ । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति लखनचोकमा रहेको शालिक हटाएको हो ।
शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो ।
महानगरपालिका र मगर संघ पोखराबीच सहमति गरेर मूर्ति पुनस्र्थापना गर्ने छलफल चलिरहेकै बेला स्थानीय प्रशासनले रातारात शालिक हटाएपछि मगर समुदाय आक्रोसित बनेको छ ।
दशैंको मुखमा भएको प्रशासनिक हस्तक्षेपविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे स्थानीय स्तरमा छलफल भइरहेको अधिकारकर्मीहरुले बताएका छन् ।
source:abc tv