ल्होसारप्रेमीहरुको राष्ट्रिय महान चाड 2145 औं ग्याल्पो ल्होसार खिजिदेम्बामा भव्य रूपमा मनाउने भएको छ।नेपाल शेर्पा युवा संघ ओखलढुंगाको सह आयोजक तथा ओखलढुंगा जिल्लाबाट देश बिदेशमा छरिएर रहेका शेर्पाहरुको विभिन्न शेर्पा संघसंस्थाहरुको विशेष आयोजकमा हुन गाइरहेको प्रथम खिजिदेम्बा बृहत ल्होसार सांस्कृतिक तथा छेवाङ कार्यक्रम आयोजना हुने भएको नेपाल शेर्पा युवा संघका अध्यक्ष पासाङ ङिमा शेर्पाले बताउनुभएको छ।

उहाँका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित गायक गाम्बु शेर्पा र शेर्पा किगुग मलेसियाका पुर्व अध्यक्ष तथा विश्व शेर्पा सम्मेलनका एसिया प्यासिफिक ङवाङ नुरी शेर्पा लगायतका ज्यान परदेशमा मन गाउँदेशमा रहेका सक्रिय शेर्पाहरुको विशेष सहयोगमा ल्सोसार कार्यक्रम हुने जनाइएको छ। नेपाल शेर्पा युवा संघ ओखलढुंगाको मिति 2074 साल पौष -10 गते सोमबारको दिन बसेको भेलाले बिदेशमा आबद्ध शेर्पा संघसंस्थाको सहयोग तथा युवा संघको आयोजनामा हुन गाइरहेको प्रथम खिजिदेम्बा बृहत ल्होसार तथा छेवाङ कार्यक्रमको व्यवस्थापन, प्रचारप्रसार र स्वयंसेवकका लागि कमिटी समेत गठन भएको छ। लाक्पा गेल्बु शेर्पाको संयोजकत्वमा- 25 सदस्यीय व्यवस्थापन समिति,शेरसाङ्गे शेर्पाको संयोजकत्वमा -3 सदस्यीय प्रचारप्रसार समिति र लाक्पा गेल्जे शेर्पाको संयोजकत्वमा पछि थप गर्ने गरि 11 सदस्यीय स्वयंसेवक समित समेत गठन भएको नेपाल शेर्पा संघका केन्द्रिय पुर्व उपाध्यक्ष आङ दावा शेर्पाले बताइएको छ। किल्खोरदिङ्ग साङ्दोग पलोरी गुम्बाका धर्मगुरु तेन्जिङ ग्युर्मे राङ्डोल रिन्पोछेको बाहुलीबाट आयुको अभिषेक छेवाङ हुने भएको छ। शेर्पाहरुको परम्परा र संस्कारलाई भावी पुस्तामा सिकाइ गराउनका लागि ल्होसारका विधि अनुसार -3 दिनसम्म अपनाउनु पर्ने संस्कारको समेत प्रचारप्रसार गर्ने भएको छ।

ओखलढुंगा जिल्ला यो पहिलो ऐतिहासिक ल्होसार कार्यक्रम हुने भएको ओखलढुंगा जिल्लाबाट बिदेशमा रोजगारीको सिलसिलामा रहेका शेर्पाहरुको बाहुल्य सहयोग ल्होसार कार्यक्रम सप्पन्न गर्नका लागि आर्थिक सहयोग हुने शेर्पा किदुग मलेसियाका पुर्व अध्यक्ष ङवाङ नुरी शेर्पाले बताउनुभयो।उहाँका अनुसार ओखलढुंगाका ख्यातिप्राप्त चर्चित गायक गाम्बु शेर्पाले अमेरिका र आफुले मलेसियाबाट ल्होसार कार्यक्रम सप्पन्न गराउनका लागि आर्थिक संकलन कार्य जारी राखेको जनाइएको छ। लगातार रूपमा -2 दिनसम्म संचालन हुने कार्यक्रममा श्याब्रु नृत्य प्रतियोगिता देखि ल्होसार विशेष खानाको परिकार समेत नि:शुल्क प्रदर्शन हुने छ। ल्होसार तथा छेवाङ कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित गायक गम्बु शेर्पा,नेपालका पहिलो डि.जे तेन्जिङ,युवा डि.जे ङवाङ शेर्पा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त चर्चित कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय