१५ चैत, विराटनगर । प्रदेश १ को नाम ‘किरात’ राख्न माग गदै किरात राई यायोक्खाले २५ लाखको हस्ताक्षरसहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

यायोक्खाले मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । आफ्नो जातीय भेषभूषा र झाँकीसहित पुगेका उनीहरुले प्रदेशकोे नाम ऐतिहासिकता, भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको आधारमा किरात राख्नु पर्ने बताए ।

मुख्यमन्त्री राईले नीतिगत रुपमा प्रदेश सरकारको नाम प्रदेशसभाले टुंगो लगाउने बताए ।

प्रदेशसभाको दुईतिहाइ बहुमतलाई प्रदेशको नाम राख्ने अधिकार भएको भन्दै मुख्यमन्त्री राईले नामकरणका विषयमा गहिरो अध्ययन गरी निर्णयमा पुग्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय