शेर्पा सेवा केन्द्र बौद्ध टुसालले बार्षिक रुपमा आयोजना गर्दै आएको ङ्युङ्ने –ब्रत पुजा हिजोबाट सुरु भएको छ । ४ दिनसम्म हुने यस पुजामा पहिलो दिन पुजाका सामग्री तयारी गर्ने पुजा आजा गर्ने गरिन्छ भने दोस्रो दिन भक्तजनहरुले प्राणीको आत्मा शान्तिका लागि मनि जप, ध्यान र क्षक (ठोक) गर्ने गरिन्छ । विशेष गरि शेर्पा सेवा केन्द्रले बर्षमा २ पटक ङ्युङ्ने –ब्रत पुजा गर्ने गर्छ जेष्ठ महिना साकादावा कोरामा र दशैको समयमा गर्ने गर्छ दशैको समयमा मारकाट हुने र पशुपक्षीको बली दिने भएकाले बौद्ध धर्मालम्बीहरुले प्राण्ीको आत्मा शान्तिका लागि विषेश पुजा र ब्रत बस्ने गर्छ । प्राणीको हत्या गरेर पुन्य प्राप्त हुदैन खेम्पो ङवाङ लटुपका अनुसार प्राणीहरुको हत्या गर्नु राम्रो हैन उनीहरुको रक्षा र आत्मा शान्ति होस भनी पुजा आयोजना गरेको जानकारी दिनुभयो । निर्दोष प्राणीको हत्या गरेर पुन्य प्राप्त गर्न नसकिने जानकारी दिनुभयो त्यसैगरि शेर्पा सेवा केन्द्रका महासचिव आङ ग्याल्जे शेर्पाले ब्रत बस्नु स्वास्थ्यको लागि पनि फाइदा हुने र विशेषत बलि दिएका प्राणीहरुको आत्मा शान्तिका लागि नै शेर्पा गुम्बाले भक्तजनहरुलाई केन्द्रको गुम्बामा नै ४ दिनसम्म राखेर पुजा र ब्रत बस्ने व्यावस्था मिलाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित