Advertisement


सदियौदेखि तामाङ समुदायले मनाउदै आएको बौद्ध तेमाल जात्रा शुक्रबार आजबाट सुरू भएको छ । बौद्धमा हुने जात्रामा अघिल्लो वर्षहरूको दाँजोमा भक्तजनहरूको कम भएको महसुस गरेको छ ।

बौद्धबाट पहिलो दिन सुरू भर्इ भोली स्वयम्भुमा पुगेर समापन हुन्छ । चैत्र पुर्णिमाको अघिल्लो दिन बौद्ध स्तुप र भोलिपल्ट बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भु स्तुपमा हजारौं भक्तजनहरुको सहभागी हुने गर्छन् ।

यस जात्रामा तेमाल लगायत सिन्धुपाल्चोक, दोलखा, ललितपुर, नुवाकोट, धादिङ, रसुवा र काठमाडौं वरिपरिका तामाङहरुको सहभागिता रहने गर्दछ । जात्राको सुरुवातको दिन बौद्धमा मृतकहरुको आत्माको शान्तिको लागि बत्ती बाल्ने, लामा पुरोहितबाट पुजापाठ मोलम गर्ने गरिन्छ ।

चैत्र पुर्णिमाको अघिल्लो दिन बौद्ध स्तुप र भोलिपल्ट बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भु स्तुपमा हजारौं भक्तजनहरुको सहभागी हुनेछन् । यो जात्रालाई १८१९ सम्म तेमालका अन्तिम राजा रिन्जेन दोर्जेले राजकीय चाडको रुपमा मान्यतासहित निरन्तरता दिएको इतिहास पाइन्छ ।

पितृ मोक्षका लागि बत्ती बाल्नेहरु आज रातभर जाग्राम बस्छन अनि भोलि विहानै बाइसधारा स्नानपछि स्वयम्भुमा पुगी जात्रा सकिने परम्परा छ । रातभर जाग्राम बस्दा तामाङहरु मौलिक फापरे, सेलो गीत गाउने गरिन्छ । यसरी मायाप्रितिको गीत गाउदै स्वयम्भुमा पुगेर जात्रा समापन हुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय