हिमाली सन्देश न्युयोर्क,“यो नेपाली शीर उचाली संसारमा लम्किन्छ” भन्ने बोलका राष्ट्रिय गीतलाई चरितार्थ गर्दै एक नेपाली मुलका युबा लोप्साङ् ठिन्ले शेर्पा न्युयोर्कको प्रख्यात बर्क्ले सेन्टरमा बिसौं हजारको संख्यामा रहेको दर्शखहरु र खेलाडीहरुबिच सम्मानित भएको छ। अमेरिककै दुईवटा लोकप्रिय बस्केटबल टिम ब्रुक्लिन नेट्स र एटलन्टा हवक्सबिच भएको खेल प्रतियोगिताको कार्यक्रममा लोप्साङ् शेर्पालाई “ब्रुक्लिन हिरो”को उपधिको रुपमा ब्रुक्लिन नेट्सले झन्डा प्रदान गरी सम्मानित गरिएको हो। पूर्व अमेरिकी सैनिक लोप्साङ् ठिन्ले शेर्पाले सैनिक सेवामार्फत अमेरिकालाई पु-याएको योगदान, सैनिक अवकास प्राप्त पछि पनि अमेरिकी भुतपुर्व सैनिकहरुको न्याय,सेवा सुबिधाको र सामुदायको हितको लागि गरिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
शेर्पा किदुगका भुतपुर्व अध्यक्ष, हिमालयन बुद्धिस्ट कम्युनिटिका संस्थापक अध्यक्ष, कुइन्स डिस्ट्रिक्ट कम्युनिटी बोर्ड ३का सदस्य समेत रहेका लोप्साङ ठिन्ले शेर्पा अमेरिकाको पूर्व सैनिकहरुको बिभिन्न संघसस्थासँग पनि आबद्द छ। उहाँले हाल न्यूयोर्कको कांग्रेसमेन जोसेफ क्रोव्लीको कार्यलयमार्फत भुतपुर्व सैनिक र सामुदायिक सेवाको लागि कार्य गर्दै आएको छ भने कोलोम्बिय युनिभर्सिटीको भेटेरियन एसोसिएसनको कम्युनिकेसन प्रमुखको रुपमा पनि काम गर्दै आएको छ। करीब नौ बर्ष अमेरिकाको सेनाको भिबिन्न क्षेत्रमा कार्य गर्दै आएको शेर्पाले न्यूयोर्क स्टेट युनिभर्सिटी ओस्वेगोबाट एमबीए, सेन्ट्रल मिचिगन युनिभर्सिटीबाट एमएसए अध्ययन पुरा गर्नुको साथै कोलोम्बिय युनिभर्सिटीबाट एक्जिक्युटिब एमपीए डिग्री गरेका छ।