सोनाम याङजी शेर्पा जेठ १४, काठमण्डौँ, नेपाल सरकारले अष्टेलियको लागि सिफारिस गरिएको महामहिम राजदूत लक्की शेर्पालाई नेपाल शेर्पा संघले बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । शेर्पा संघको सल्लाकार समेत रहनु भएको महामहिम राजदूत शेर्पालाई बौद्ध स्थित होटल घाङ्रीमा एक कार्यक्रम आयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरिएको हो । जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रीपरिषदले सिफारिस गरेपछि नियुक्त गरिएको थियो । हिमाली क्षेत्रकै पहिलो महिला राजदूत हुनु भएको बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामाना व्याक्त गरिएको छ ।

बधाई तथा सम्मान कार्यक्रममा शेर्पा समुदायको अग्रज व्याक्तित्व हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबै जनाले उहाँको यो नियुक्तिने समुदायमा थप हौसला मिलेको भन्दै खुःशी व्याक्त गरिएको छ । कार्यक्रमा बोल्नुहुने अधिकंशा वक्ताहरुले शेर्पा भएको र हिमाली क्षेत्रबाट पहिलो महिला राजदूत भएकोमा बधाई ज्ञापन गर्दै नेपालको अर्थिक बिकाशकै लागि पर्यटलाई प्रथामिकताका साथ कार्य योजना अगाडी बढाउन सबैले आग्रह गरेको छ । कार्यक्रममा आफ्नो मन्तव्य दिनु हुदै महामहिम राजदुत लाक्की शेर्पाले आफ्नो कार्यकालमा आफ्नो तर्पmबाट सक्दो प्रयास गर्ने र शिक्षा, पर्यटनका लागि बिशेष पहल गर्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ । समुदायको यो सम्मानले आफुलाई थप उर्जा मिलेको भन्दै पछिल्लो दिनमा पनि यस्त गरिमय पदमा शेर्पालाई नियुक्त गर्ने वातावरण बनाई राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्वा मन्त्री एङकिला, आङ छिरिङ, पूर्वा सभासद जीव छिरिङ्ग लामा, संसाद वाङदी शेर्पा, नेपाल शेर्पा संघका अध्याक्ष एडी लामा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा लगयत शेर्पा समुदायको अग्रज तथा युवाहरुको उपस्थिति रहेको थियो ।
नियुक्त अष्ट्रेलियन महामहिम राजदुत लक्की शेर्पा एक सात भित्रनै अष्टे«लिय प्रस्थान हुने कार्यक्रम रहेका पनि कार्यक्रममा जनाकारी गराएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय