जुलाई २० युएई, मिङमा शेर्पा

नेपाल आदिवासी जनजाति महासंघ युएईका छैठौ अधिवेशन २८ जुलाईमा सम्पन्न हुदैछ । २८ जुलाई २०१७ मा हुने अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई पद ग्रहण १२ अगस्टको दिन २३ औ विश्व आदिवासी दिवस कार्यक्रमको दिन पद ग्रहण गराउने नेपाल आदिवासी जनजाति महासंघ युएईका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले वर्ल्ड शेर्पा न्युज ड्ट कम लाई बताउनु भएको छन ।

शेर्पा किदुग युएईका अध्यक्ष तथा वर्तमान उपाध्यक्ष सम्म रहन्नु भएका पासाङ शेर्पा छैठौ अधिवेशनका अध्यक्ष पद प्रत्यासी हुने समेत बताउनु भएका छन । १९ जुलाई २०१७ को सम्पन्न बैठक बाट लागु हुने गरि अध्यक्ष पदको राजीनामा स्वीकृति भई महासचिव आङ फुरी शेर्पा लाई कार्यबाहक
अध्यक्षको जिम्मेवारी सर्वसहमत सुम्पिएको छन । शेर्पाको राजिनामा पछि रिक्त अध्यक्ष पदमा आङ फुरी शेर्पाले जिम्मेवारी ग्रहण गर्दै किदुगको आगामी जनवरी २०१८ मा हुने अधिबेशन पछि किदुगले नयाँ नेतृत्व पाउने समेत जानकारी दिनु भएको छन ।

छैठौ अधिवेशनका अध्यक्ष पदका प्रत्यासी शेर्पा भने आफू पहिचानको पक्षमा सधैं अग्रसर रहेको हुनाले युएईमा रहेको सबै जातीय संघ सस्थाले सर्वसम्मत आफू लाई समर्थन गर्ने र अधिवेशन सम्पन्न पछि आजै नयाँ जोसका साथ सस्था लाई अगाडि बढाउने उनको दाबी रहेको छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय