काठमाडाैं । एसके इन्टरप्राइजेजल यसपटक मिसेस गुरुङ २०१७ गर्ने भएको छ ।

अडिसन पश्चात् अहिले प्रशिक्षण पुतलीसडकमा चलिरहेको छ । भाषा, संस्कृति एवं कलाको संरक्षण गर्ने उद्देश्यले आयोजना हुन लागिएको उक्त कार्यक्रमको लागि १५ जना विवाहित गुरुङ महिलाहरु सहभागी भएका छन् । सहभागी हुनेहरुमा हेमा गुरुङ पोखरा, बिना गुरुङ श्रीनाथकोट गोरखा, सुजिता गुरुङ पृथ्वीनारायण गोरखा, रीमा गुरुङ मानेश्वरा २ सिन्धुपाल्चोक, गंगा घले गुरुङ पृथ्वीनगर झापा, चिनीमाया गुरुङ थप्रेक तनहुँ , रिना गुरुङ नारायणगढ चितवन, सरिता गुरुङ दमौली तनहुँ , हिमला गुरुङ शिवपुरी नुवाकोट , सुमना गुरुङ गोरखा, आरति गुरुङ कुन्छा लमजुङ , सुनिता गुरुङ माइमजुवा इलाम, मोनिका गुरुङ थप्रेक तनहुँ , रिना गुरुङ लाजिम्पाट काठमाडौं र कमला गुरुङ दर्बुङ गोरखा रहेका छन् । प्रतिष्पर्धीहरुलाई विभिन्न क्षेत्रका व्यक्तित्वलाई बोलाएर प्रशिक्षण दिलाइरहेको एसके इन्टरप्राइजेजका अध्यक्ष शान्ता लामाले बताइन् ।

प्रशिक्षणको क्रममा माननीय यशोदाकुमारी लामा, चलचित्र बिकास बोर्डका सदस्य अभिनेता उत्तम केसी, तमु समाजका सदस्य हरिमाया गुरुङ , पौरखी नेपालका संस्थापक मञ्जु गुरुङ , कोरियोग्राफी रोजिन शाक्य, नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा , नायिका सञ्चिता लुइँटेल, नृत्य प्रशिक्षक केशब थापा, सञ्चारकर्मी अर्जुनबहादुर तामाङ र क्लोथिङ इन नेपालका प्रोप्राइटर अनिता नेगी तामाङले बिबिध विषयमा प्रशिक्षण दिइसकेका छन् ।

यस्तो कार्यक्रम महिला जागरणको लागि अभिन्न अंग हुने कार्यक्रम संयोजक श्याममाया तामाङले बताइन् । यस अघि एस् के इन्टरप्राइजेजले मिसेस तामाङ सम्पन्न गरिसकेको छ । मिसेस गुरुङको ग्राण्ड फिनाली भने भाद्र ११ गते सम्पन्न हुने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय