
हिमाली सन्देश काठमाडाैं । सदाझैं प्रत्येक वर्ष ल्होछारको अवसरमा आयोजना हुने मिस तामाङ २०१८ को आवेदन खुल्ला भएको छ ।
नेपालकै इतिहासमा उत्कृष्ठ व्यवस्थापन, उच्च सम्मान तथा अत्याधिक पुरस्कारका साथ आयोजना हुदै आएको मिस तामाङको आवेदन एक महिनासम्म लागि खुल्ला रहनेछ ।
यसपालीको नेपाल तामाङ कला संस्कृति केन्द्र र एभरेष्ट फेशन होम नेपालले संयुक्तामा आयोजना गरेका छन् । बुधबार आयोजकका संयोजक मिलन मोक्तानका अनुसार सहभागीताको लागि आवश्यक मापदण्ड पूरा गर्नेले यही कार्तिक १५ देखि मंसिर १५ सम्म आवेदन दिन सक्नेछ ।
तामाङ जातिको कला, संस्कृति, भेषभुषा, बाजा, रीतिरवाज र धर्मलार्इ युवा जमातमार्फत् अन्य जाति तथा अाफ्नै जातिमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताको यो एघाराैं संस्करण हो ।
यो प्रतियोगिता प्रत्येक बर्षको सोनाम ल्होछारको उपलक्ष्यमा आयोजना हुदै अाएको छ ।
मिस तामाङ २०१८ का विजेताले नगद १ लाख, क्राउन, अवार्ड र पिन, फस्ट रनर अपलाई ५० हजार, क्राउन, अवार्ड, सेकेण्ड रनर अपलाई २५ हजार, क्राउन र अवार्ड, तेस्रो रनरअपलाई क्राउन र अवार्ड, चौथोलाई क्राउन र अवार्ड, पाँचौलाई क्राउन र अवार्ड तथा अरु १३ प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ ।
प्रतियोगिताको ग्राण्ड फिनाल भने माघ ६ गते हुने आयोजकले जनाएको छ । आवेदन फारम साधना कला केन्द्र कमलादीमा उपलब्ध रहेको छ ।
प्रतियोगितामा सहभागिता हुनको लागि तलको आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ ।
१. तामाङ जातिको अविवाहित
२. मानसिक सन्तुलन नगुमाएको
३. १६ देखि ३० बर्ष ननाघेको
४. एसईई उतीर्ण गरेको
५. कम्तिमा ५ फिट उचाई
६. संसारभरिकै देशहरुबाट सहभागी हुन सकिने ।
अडिसनपाश्चत छनौट भएकालाई तलका सुविधाहरु प्रदान गरिनेछ ।
१. ब्यक्तिगत विकासका लागि ३० दिनसम्म विशेष तालिम
२. एकदिने शैक्षिक तथा सांस्कृतिक भ्रमण गराइने
३. विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता तथा समाचारमूलक सन्देश प्रवाह
४. प्रसिद्ध फोटो ग्राफरद्धारा फोटो सेसन गराइने
५. विभिन्न उप–प्रतियोगिताहरु संचालन गरी प्रतिभामा निखार ल्याउने
६. तामाङ भाषा तथा संस्कृति सम्बन्धि जानकारीमूलक प्रशिक्षण गरिने ।
अहिलेसम्म जेनिशा मोक्तान, उपली ग्याबक, समी बज्यु, रोजिना घिसिङ, सुमी मोक्तान, ल्हाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान, उर्मिला योञ्जन र पिंकी घिसिङले मिस तामाङको ताज पाहिरिसकेकी छन् ।
संयोजक मोक्तानका अनुसार यस वर्षका व्यवस्थापन भने तामाङ कला संस्कृति केन्द्रले गरिने छ ।
प्रतियोगितामा साहित्यिक पत्रिका तामाङ डाजाङ र सैलुङअनलाइनले मिडिया सपोर्ट रहेका छन् ।
source:सैलुङअनलाइन