
काठमाडौं: विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नेपाल भित्र्याउन युनिसेफ, नेपालले प्रयास सुरु गरेको छ।
दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूइँचालोबाट थलिएको ८ जिल्लामा हाल युनिसेफको मातहतमा रहेर मेसीको लिओ फाउन्डेसनले १४ वटा स्वास्थ्य चौकी निमार्ण कार्य यही अगस्टको अन्त्यमा सम्पन्न हुँदैछ।
मेसी फाउन्डेसनले निमार्ण गरेको स्वास्थ्य चौकीको उद्घाटनका लागि युनिसेफले मेसीलाई निम्तो दिएको हो।
मेसी फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणका लागि करिब ५ करोड १० लाख रुपैयाँ युनिसेफलाई प्रदान गरेको थियो।‘ युनिसेफले सुरु गरेको ७४ स्वास्थ्य चौकी निमार्ण कार्यमा मेसी फाउन्डेशनको भागमा १४ वटा परेको छ।
मेसी फाउन्डेशनले दोलखामा ४, गोर्खा, काभ्रे र धादिङमा २–२, नुवाकोट, ललितपुर, रामेछाप र सोलुखुम्बुमा १–१ वटा गरी कूल १४ वटा भूकम्प प्रतिरोधात्मक स्वास्थ्य चौकी निमार्ण गरिरहेको छ।
मेसी फाउन्डेशनले नेपालमा निमार्ण गरिरहेको स्वास्थ्य चौकी
धादिङ– २ वटा– सल्यानटार, नालाङ
काभ्रे– २ वटा– देवभूमी, गौरी बिसाउने ९देवपुर०
ललितपुर– १ वटा– दालचौकी
रामेछाप– १ वटा– उक्रेनी
सोलुखुम्बु– १ वटा– थाप्लुङ
दोलखा– ४ वटा– दोलखा, सुनखानी, लडुक, पावती
गोर्खा– २ वटा– र्डाबुङ, मजुवादेउराली