विराटनगर, कार्तिक ९ । जिल्ला कारगार मोरङमा पछिल्लो तीन महिनामा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । जेल प्रशासनका अनुसार कैदीबन्दीहरुको मृत्युदर अहिलेसम्मकै धेरै हो ।

 

विराटनगर कारगारका जेलर पे्रम सापकोटाले साउनयता विभिन्न रोगवाट थलिएका ९ कैदीबन्दीको ज्यान गएको पुष्टि गरे । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका कैदीबन्दीहरुमा २६ वर्षदेखि ६३ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेहरु सबै पुरुष हुन् ।

कारगारमा कैद सजय भोगी रहेका कैदी बन्दी अहिले पनि विभिन्न रोगवाट ग्रसित छन् । विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार, एक दर्जन बढी कैदीबन्दी विभिन्न रोगको संक्रमणले थलिएका छन् । उनीहरुलाई तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।

जिल्ला कारगारमा रहेका पाँच कैदीबन्दीको नोबेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

कोशी अञ्चल अस्पताल भर्ना भएका ठगी मुद्धामा कैद भुक्तानी गरिरहेका उर्लावारीका कुमार विक र सोही ठाउमा टेकवहादुर परियारको उपचाररत छन् । परियार कतव्र्य ज्यान मुद्धामा जेलमा परेका हुन् । उनलाई श्वासप्रशासको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो।

 

त्यसैगरी तीन जना कैदी वन्दीलाई नोवेल अस्पताल भर्ना गरिएको छ । अन्य चार जनालाई काठमाडौं र भरतपुर उपचारका लागि पठाइएको जेलर सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार अन्य थप १२ जनालाई पनि उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

विरामी परेका कैदी बन्दीमध्ये धेरैजसोलाई श्वास प्रश्वासको समस्या देखिएको कारगार प्रशासनले जनाएको छ । मोरङ कारगारमा ६२ महिला र उनीहरुमा आश्रति ४ वालवालिका सहित ७ सय ५६ कैदी वन्दी छन् ।
श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय