युएई । आदिवासी जनजाति पत्रकारहरुको सक्रियतामा आदिवासी जनजाति पत्रकार महासंघको शाखा युएईमा पासाङ शेर्पाको अध्यक्षतामा फोनिज तदर्थ समिति गठन भएको छ ।
आदिवासी जनजातिको मुद्दा र समाचारहरुलाई मुलधार भनिएका संचारगृह र संचारकर्मीहरुले न्यायोचित स्थान नदिएको , मुख्य मुद्दा र बिषयहरु पाखा लगाइ अपुरो सन्देशहरु मात्र प्रवाह भैरहेकोले यसलाई चिर्दै तथ्यपूर्ण खबर संप्रेशनमा सहयोग गर्ने हेतुले आदिवासी पत्रकारहरु संगठित भएको जनाएको छ । ‘आदिवासी जनजातिहरु मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा सबै समक्ष र्पुयाउन आदिवासी जनजातिहरुको छुट्टै संयन्त्रको आवश्यकता महसुस गर्दै युएईमा च्यापटरको गठन प्रक्रिया शुरु भएको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा युएईको दुबईस्थित याक एन्ड यति रेस्टुरेन्टमा सात सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम तथा सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र  इन्द्र  गुरुङ रहेका छन ।
सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति समेत गठन भएको छ, जसको सदस्यहरुमा नेफिन युएईका भुतपुर्व अध्यक्ष  पिएस निङ्लेकु र नेफिन युएईका द्वितीय उपाध्यक्ष सुरेन्द्र थिङ छन । बिधान मस्यौदा समेतले २ हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्नेछ र उक्त बिधान पारित भएको २ महिना पछि तदर्थ समितिले सदस्यता विस्तार गरि पहिलो अधिवेशन आयोजना गर्ने निर्णय भएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय