
युरोप, मार्च – नेपालमा रहेका सबै जातजातीहरुको भाषा , सस्कृति ,भेषभुषा तथा कलाहरु हामी सबै नेपालीहरुको साझा पहिचान भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । उनिहरुले विश्वमा रहेका नेपालीहरुलाई एकता गर्नका लागि सबै भाषाभाषी तथा सस्कृतिलाई नेपाल तथा विदेशमा पनि सम्मान गर्नुपर्ने बताएका हुन । नेपाली शेर्पा समुदायहरुको नया बर्ष एवमं महान पर्ब २१४३ ग्याल्पो ल्होसार मे फो टे ल्हो लाई विदाई तथा २१४४औ ग्याल्पो ल्होसारलाई स्वागतको अवसरमा सो कुरा बताएका हुन । विब्वभरि छरिएर रहेका शेर्पा समुदायको एकता , भाष ,धर्म कला तथा सस्कृतिक परम्परा को मुल्य मान्यता र विकास नै आजको अबश्यकता भन्ने नाराको साथ शेर्पा केदुगं साईप्रस युरोपले आयोजना गरेको कार्यक्रममा सो कुरामा जोड दिएका थिए । शेर्पा केदुगं साईप्रसकी अध्यक्ष नुमु शेर्पाको अध्यक्ष्ता तथा उपाध्यक्ष जेनी टोक्तोक शेर्पा र सदस्य आगं छिरिगं शेर्पाको संचालनमा भएको कार्यक्रममा गैरअबसिय नेपाली समाजका अन्तरराष्टिय सदस्य रन्जित महत , गैरअबसिय नेपाली समाज साईप्रसका अध्यक्ष सुबास मल्ल लगाएतले बोलेका थिए । कार्यक्रममा नेपाली खाना , नेपाली पोशाक , शेर्पा समुदायको जातिय पहिचान झल्कीन विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । शेर्पा केदुगं गठन भएको दुई बर्ष पुरा भएको र कार्यक्रममा ४५० जना नेपाली समुदायहरुको सहभागिता रहेको सदस्य आगं छिरिगं शेपाले बताएका छन ।