काठमाडौ, फाल्गुन ९ — नेपालका महायानी बौद्ध धर्मालम्बीहरुको राष्ट्रिय महान पर्व नया बर्ष ‘ मे मो च्या लो २१४४ ‘ (अग्नी स्त्री चरा बर्ष) को अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले यस पटक पनि लोसार गुथुक साझ र बक्तृकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शेर्पा समुदायको भाषा, धर्म र सस्कृतिको संरक्षणको साथै अन्तराष्ट्रिय रुपमा यसको चिनारी दिनका लागी केन्द्रले हरेक वर्ष ल्होसारको अवसरमा गुथुक र बक्तृत्वकला प्रतियोगिता आयोजना गदै आएको छ । ल्होसार शुरु हुन अगावै फाल्गुन १४ देखि १६ गतेसम्म सिफल मैदान गौसलामा हुन लागेको जानकारी कार्यक्रमको मिडिया संयोजक डोमा शेर्पाले बताए ।
राजधानीस्थित तमु बौद्ध सेवा समितिको कार्यालय अनामनगरमा भएको पत्रकार सम्मेलनमा मिडिया संयोजक शेर्पाले दिएको जानकारी अनुसार उक्त कार्यक्रम प्रधान मन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यिमा हुने भएको छ ।
लोसार गुथुक साझमा स्व. बरिष्ठ हस्य कलाकार साम्दे शेर्पाको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता र उहाको नाममा स्व. साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण गरिने भएको आयोजक सस्था हिमालनय शेर्पा सास्कृतिक केन्द्रले जनाएको छ । आयोजक हिमालयन शेर्पा संस्कृतिक केन्द्र शेर्पा जातीको भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी २५ वर्ष अघि राजधानीमा स्थापना भएको सस्था हो ।
आयोजक सस्थाले सम्मेलनमा जारी गरेको प्रेश विज्ञाप्ती
प्रेश विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
“शेर्पा जातिको एकता, भेषभुषा, भाषा र संस्कृतिको विकास आजको आवश्यकता” भन्ने मुल नाराका साथ हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा आयोजना गर्दै आएको नेपालको महायानी बौद्ध धर्मावलम्बीहरुको नयाा वर्ष तथा राष्ट्रिय पर्व ग्याल्पो लोसार मे मो च्या लो २१४४ को अवसरमा “लोसार गुथुक सााझ”, “बृहत स्याव्रु नृत्य प्रतियोगिता”, शेर्पा भाषाको संरक्षणको खातिर “स्व. साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता” साथै हिमालयन शेर्पा सांस्कृतिक केन्दद्धारा वार्षिक रुपमा वितरण गर्दै आएको वरिष्ठ हास्यव्यंग्य कलाकार “स्व. साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७३” कार्यक्रम तयारी सम्पन्न भएको छ । उक्त कार्यक्रम सिफल मैदान गौशलामा आउदो २०७३ फाल्गुन १४, १५ र १६ गते सम्माननीय प्रधानमन्त्री ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न हुन गइरहेको जानकारी गराउादाछौ ।
शेर्पा समुदायको भाषा, धर्म, कला सस्कृति, परम्परागत मुल्य मान्यताको विकास तथा प्रवद्र्धन गर्न बि.स. २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ । यो एउटा विशुद्ध मुनाफा रहित सामाजिक संस्था हो । यस संस्था बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको सस्कार सास्कृतिलाई संरक्षण, सम्वद्र्धन र विकास गर्न लागि परेको छ ।
हिमालयन शेर्पा संस्कृतिक केन्द्र स्थापनाको २५ औ बर्षमा प्रवेश हुदै गर्दा साास्कृतिक रक्षाको सवालमा कार्य गर्दै आइरहेको छ । यस संस्थालाई अगाडी बढाउने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्दै संस्थाले निर्दिष्ठ गरेको उद्देश्यलाई व्यवहारमा प्रस्तुत गर्दै आइरहेको सिंगो शेर्पा समुदायलाइ जानकारी नै छ । वास्तवमै यतिबेला हामी शेर्पाहरू विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू नै हो । यी कुराहरूलाई जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ , हामी आफैमा शेर्पा हुनुमा गर्व गर्छौ ।।
नेपालको विभिन्न जिल्लाहरूबाट काठमाण्डौं आई बसोबास गरिरहेका शेर्पाहरू यहाा आ–आफ्नो गाउा क्षेत्रको विकास र शेर्पा जातिको भाषा कला संस्कृति र रीतिरिवाजलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न संघ संस्था र किदुगहरूको स्थापना गरेर कृयाशिल भईरहेको अवस्थामा सबै जिल्लाका शेर्पाहरू बीचमा आपासी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गराउन यी कार्यक्रमहरु गर्न लागेको जानकारी गराउदाछौ ।
ग्याल्बो लोसार कार्यक्रम :
मिति :– २०७३ साल फागुन १४ गते लोसार गुथुक सााझ
:– २०७३ साल फागुन १५ गते वृहत श्याब्रु तथा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता
:– २०७३ साल फागुन १६ गते वा. साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम
स्थान : सिफल चौर, गौशाला
आयोजक : हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, केन्द्रीय कार्यसमिति काठमाण्डौं