कर्मारिञ्जी शेर्पा,शेर्पा संचार, फागुन ५, शेडुप क्षोलिङ गुम्बाको प्रमुख ( औतारी लामा ) रिन्पोचे श्री पेमा थर्चेन ज्यू ,लोपेन श्री पेमा थर्चेन ज्यु ,लाछेवारको लोपेन र तेछिमको लोपेनबाट आज गुम्देलमा माने निर्माणको सिलन्यस भएको छ । रामेछापको उत्तरी क्षेत्रको शेर्पा बस्ती गुम्देल गा.वि.स वार्ड नं. ४ मा अवस्थित २५० बर्ष पुरानो बौद्ध (छोर्तेन नाम्बशुम्ब) को चारैतिर तामाको १०८ वटा माने र ठुलो अकारको ४ ओटा माने सहित १ सय १२ ओटा माने निमार्ण पूर्व गरिने सलोवङ (पुजा गरी उक्त मानेको सिलान्यस सम्पन्न गरिएको माने

निर्माण तथा व्यवस्थापन समितिका सदस्या आङ्ग कामी शेर्पाले बताउनु भयो । कार्याक्रममा बौद्धमर्गी तथा अन्य बिभिन्न संघ संस्था प्रतिनिधि गरी करिब २५० जनाको उपस्थिती रहेको थियो ।माने निर्माणको लागि गुम्देल निबासी जाङ्बु शेर्पाले ६ अन्न र तेण्डी शेर्पाले ७ अन्न ५ धम जग्गा दान गर्नु भएको छ । नापी कार्यालय रामेछापको प्रमुखले आजै सो जग्गाको नाप गरी

कित्तकाट गरिएको छ । लगभग अनुमानित २५ लाखमा निर्माण हुना लगेको उक्त बौद्ध निर्माणका लागि अमेरिकमा रहेको गुम्देल बासी,बिभिन्न संघ संस्था ,गा वि स को आर्थिक सहयोग र बिभिन्न व्यक्तिबाट संकालित रकम सहित लगभग २० लाख रकम संकालन भएको निर्माण समितिको अध्यक्ष रिञ्जी शेर्पाले कार्याक्रममा बताउनु भयो । प्रणी जगत्को हित होस भनी बौद्ध संस्कार अनुसर भोट ब्रमेली लिपीलाई तामा वा सिलाहरुमा लेखेर निर्माण गरिने मानेको लागि आज मात्र लगभग ३ लाख सहयोग रकम संकालन भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय