काठमाडौँ, फाल्गुन ५ । सोलुखुम्बु जिल्लाको माथिल्लो भेग खुम्बु फरकबाट अध्ययन, रोजगारी र कामको शिलशिलामा काठमाडौँ आइ बसोबास गरेका फरकबासी शेर्पाहरुले आफ्नै निजी भवन खरिद गरि आज उत्घाटन गरेको छ ।
लोसार नयाँ बर्षको सुरुवातसगैँ तेङबुचे चोइ लामा (ङवाङ तेन्जी साङ्बो) रिन्पोचे, थामे टुल्कु रिन्पोचे, नटु टुल्कु रिन्पोचेको सामुहिक उपस्थितिमा भवनको उत्घाटन भएको थियो ।


६ बर्ष अगाडि स्थापना भएको फरक किदुकले विभिन्न धार्मिक, सामाजिक क्रियाकलाप गर्दा समस्या हुने भएकोले भवन खरिद गर्नु परेको र खरिद गर्न सफल भएको अध्यक्ष आङ छेतर शेर्पाले जानकारी दिनु भयो ।
निजी भवन भएपछि अहिले सामाजिक, धार्मिक र सांस्कृतिक कार्यहरु गर्न सजिलो भएको उत्घाटन कार्यक्रममा आएका फरकबासीहरुले बताए । उनीहरुमा आफ्नै निजी भवन खरिद गर्न सफल भएकोमा खुसी छाएको छ ।
भवन खरिदका लागि फरकबासी र विदेशमा रहेका शेर्पाहरुले सहयोग गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय