Advertisement


यस पटक किदुगले साधारण सभामा हरेकलाई हात हातमा मदिरा र खानाको बारेमा एक पेजको मत सभेक्षण फाराम वितरण गरेका थिए । फाराममा ल्होसार पाटीमा मदिरालाई निशुल्क गर्ने, नगर्ने वा निषेध गर्ने भन्ने प्रश्न राखेका थिए भने अर्को शेर्पा किदुगद्धारा आयोजित कार्यक्रमको भोजन शुद्ध शाकाहारी हुन पर्छ वा हुन पर्देन भनी मत सर्भेक्षण गरेका थिए । उक्त मत सर्भेक्षणमा मदिरा निशुल्क गर्नुपर्छ भन्नेहरुको संख्या ३३ थिए भने निशुल्क गर्नु हुदैन भन्नेहरुको संख्या ६४ जना थिए भने निषेध गर्नुपर्छ भन्नेको संख्या १७ जना थिए । त्यस्तै किदुगद्धारा आयोजना हुने कार्यक्रममा भोजनमा ६६ जनाले सुद्ध शाकाहरि हुनु पर्छ भन्नेमा मत दिएका थिए भने सुद्ध साकाहरी हुनु पदैन भन्नेमा ४५ जनाले मत दिएका थिए । यो अनुसार ल्होसार पाटीमा मदिरालाई व्यवस्थित गरौ गरेपनि निशुल्क नगरौ भन्नेको संख्या बढि भएको छ भने किदुगले गर्ने कार्यक्रममा खानामा साकाहरि हुनुपर्छ भन्नेको संख्या बढी भएको देखाएको छ ।

शेर्पा किदुगले स्थापना कालदेखिनै ल्हाप्सु र ल्होसार पाटी आयोजना गदै आएको छ । तर ल्होसार पाटीमा शूरुमा मदिरा किनेर खाने चलन थियो । तर विगत केही वर्षयता मदिरा निशुल्क हुन थालेपछि किदुगले मदिरालाई प्रथामिकता दियो भनेर जनगुनासोहरु आउन थालेकोले यस पटकको साधारण सभामा उपस्थित सवैलाई ल्होसार पाटीमा मदिरा निशुल्क गर्ने की नगर्ने भनेर मत सर्भेक्षण गरेको थियो । करिब दुई सय जना उपस्थित साधारण सभामा भएको सर्भेक्षण अनुसार शेर्पा किदुगको ल्होसार पाटीमा मदिरा निशुल्क गरिनु हुदैन भन्ने पक्षमा अत्याधिक मत परेको थियो । त्यस्तै खानामा पनि शाकाहरि हुनुपर्छ भन्नेको जनमत देखिन थालेको छ । जनमतको भावना अनुरुप किदुगले यो सास्कृतिक जागरण शुरु गरेको छ ।
-everest times news

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय