विदेशमा भएका नेपालीहरुले पनि माथिलो तामाकोशीको सेयर हाल्न पाउने भएका छन् । घरमा एक जनाको नाममा खाता भएको आधारमा सेयर हाल्न पाउनेछ ।

जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष डबल पाण्डेको अध्यक्षतामा वसेको वैठकले सो कदम अघि सारेको हो । जिल्लाबासीले पाउने १० प्रतिशत शेयर एक जनाको नाममा खाता भएको आधार शेयर दावी पाउने व्यवस्था गर्नका लागी धितोपत्र वोर्डलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका सममन्वय अधिकारी तुलसी नाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जिल्लाको शेयर हाल्नका लागी सहज गराउन जिल्लाका ७४ वटा नै वडामा शेयर संकलन केन्द्र स्थापना गर्ने लगाएतको निर्णय गरेको छ । २०७४ साल भदौ ६ गते को संयुक्त राजनितिक दलको बैठकले गरेको निर्णय सच्याउन सेयर संघर्ष समितिले माग गरेका छन । जसमा वैठकले ३ हजार देखि ३० हजारसम्म रकम शेयर हाल्न पाउने गरी गरेको निर्णय गलत भएको भन्दै यसलाई सच्याएर प्रति व्यक्ती वढीमा १० हजार रकम हाल्न पाउने व्यवस्था गरिनुपर्ने, वैकिङ लगाएतका प्रक्रिया सरल र सहज बनाउनुपर्ने संघर्ष समितिले माग गरेको भएपनि २०७४ साल भदौ ६ गते बसेको राजनितीक वसेको वैठकको निर्णय नै पारित गरीएको हो ।

जिसस दोलखाको आज शुक्रबार वसेको वैठकले धितोपत्र वोर्डलाई चैत मासन्तभित्र माथिल्लो तामाकोशीको शेयर निष्कासन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

वैठकमा माथील्लो तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठ, प्रवक्ता गणेश न्यौपाने, प्रतिनीधी सभाका सासंदहरु पार्वत गुरुङ, शान्तीमाया प्राख्रिन, प्रदेश नम्वर ३ का सांसद सरस्वती बस्नेत, लेर आङदेण्डी शेर्पा र हिमाली गोलेर लगाएतको जिल्लाको सेयर संघर्ष समितिका पदधाधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय