क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले नेपाली विद्याथीले भिसा आवेदन दिंदा झेल्नुपरेका समस्या समाधान गरिदिन अष्ट्रेलिया सरकारसँग आग्रह गरेकी छिन् । बिहिबार क्यानबेरास्थित संसद भवनमा भएको भेटमा राजदुत शेर्पाले नेपाली विद्यार्थीले कागजात पेश गर्ने समयमा विभिन्न प्राविधिक समस्या तथा त्रुटीहरु प्राप्त भएको भन्दै उक्त समस्या समाधान गरिदिन आग्रह गरेकी हुन् ।


नेपालीपत्रसँग कुरा गर्दै जदुत शेर्पाले भनिन्, ‘नेपाली विद्यार्थीहरुले भिसा आवेदन दिंदा विभिन्न प्राविधिक समस्याहरु देखिएको गुनासा प्राप्त भएका छन् । प्रक्र्रियागत समस्या हो या अन्य कारण हो त्यसबारे बुझेर समाधानका लागि परराष्ट्रमन्त्री मार्फत अष्ट्रेलिया सरकारलाई आग्रह गरेकी छु ।
जवाफमा परराष्ट्रमन्त्री बिस्वपले अष्ट्रेलियाको समग्र विकासमा नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै यस सम्बन्धमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जाहेर गरेको पनि राजदुत शेर्पाले जानकारी दिईन् ।फ्रि नेपाली न्यूजमा खबर छ।
भेटमा मन्त्री बिस्वपसहित सांसद डेभिड कोलम्यानको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय