सोनाम याङजी शेर्पा
नेपाल शेर्पा विद्यार्थी संघको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याउन सफल भएको छ । पासाङ ग्याल्जेन शर्पाले २०१७ मे २१ मा विहान ५ वजे सगरमाथा आरोहण गरेसंगै उक्त झण्डाले पनि सगरमाथाको चुचुरोमा पुग्ने अवसर प्राप्त गरेको थियो । सगरमाथा आरोहण पश्चात जेष्ठ ९ गते काठमाण्डौ फर्कनु भएका शेर्पालाई संघका अध्यक्ष सहितको टोलीले बिमान स्थालमा पुगेर स्वागत गरिएको थियो । दुई पटक सगरमाथा आरोहण गर्नु भएको शेर्पाले पहिलो पटक २०१६ मे २० मा विहान साढे ६ बजे आरोहण सम्पन्न गर्नुभएको थियो । विगत ३ वर्ष देखि हिमाल आरोहरीको रुपमा कार्यरत रहनुभएको शेर्पाले दोस्रो आरोहणको अवसरमा नेपाल शेर्पा विद्यार्थी संघ काठमाडौले आफ्नो लोगो अकिंत झण्डा सगरमाथाको उचाइमा पु¥याएको हो ।
सेभेनसमिट ट्रेक्सले सहयोग गरेको शेर्पा आरोहणका लागि अप्रिल ७ मा काठमाडौबाट हिमाल तर्पm प्रस्थान गर्नुभएको थियो । स्थापना कालमा मञ्च भएर सामाजिक काम गर्दै आई रहेको संस्था यस वर्ष मात्र संघमा परिनत गरिएको हो । विभिन्न किसिमको शैक्षिक, समाजिक, साँस्कृतिक कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडी बढाउनका लागि परिनत भएको संघले विभिन्न जिल्लाशाखाहरु समेत विस्तार गरेको छ । समुदायमा लामो इतिहास बोकेको संस्थालाई अझै जिवन्तता प्रदान गर्न संस्थाको लोगो अंकित झण्डाले महत्वपुर्ण भूमिका खेल्ने भएकोले झण्डालाई पासाङ ग्याल्जेन शेर्पाको सहयोगमा सगरमाथाको चुचुरो पु¥याउन सफल भएको संस्थाका अध्यक्ष ङिमा दोर्जी शेर्पाले जानकारी दिनुभयो । संघले शेर्पा विद्यार्थीहरुको हक हित र अधिकारका निम्ति समेत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय