संघीय समाजवादी फोरम–नेपाल अन्तर्गत शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पा संगठन विस्तारमा लागेका छन् । अभियान अन्तर्गत यहाँको टाप्टिङ, केरुङ र गोराखानीमा वडा, गाविस र इकाई संगठनहरु गठन गरेका हुन् । अध्यक्ष शेर्पा र समाजवादी फोरम जिल्ला अध्यक्ष नरेन्द्र थापा मगरको उपस्थितीमा टाप्टिङ–१, च्याङबामा लाक्पा कान्छा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको हो । समिति उपाध्यक्षमा आङ काजी शेर्पा, सचिवमा ङवाङ दावा शेर्पा, कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । त्यस्तै, सदस्यहरुमा लामा पासाङ शेर्पा, ग्याल्जे शेर्पा, रिन्जी शेर्पा, छोङनुरी शेर्पा, सार्की शेर्पा, लाक्पा शेर्पा, पेम दोर्जी शेर्पा, सार्की शेर्पा, दमाई शेर्पा लगायत रहेका छन् । गठित समितिलाई प्रदेश समिति अध्यक्ष शेर्पाले पद तथा गोपनियताको सफथ गराए ।
त्यस्तै, टाप्टिङ २, ३, र ७ मा पनि समितिहरु गठन भएको अध्यक्ष थापा मगरले जानकारी दिए । अभियान अन्तर्गत गोराखानीमा गाउँ कमिटि र केरुङ गाविसमा पनि समिति गठन गरी पार्टी क्रियाकलापलाई जनस्तरसम्म पुर्याउने कार्य भएको जनाएको छ । पहिचानसहितको संघीयताको पक्षमा दह्रो रुपमा उभिएको समाजवादी फोरमले जातीय मुक्तीको लागि संघीयता र वर्गीय मुक्तिको लागि समाजवाद भन्ने नारा अघि सारेर राजनैतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।