Advertisement


हिमालयन शेर्पा संस्कृतिक केन्द्रले प्रतेक बर्ष आयोजना गर्दै आई रहेको वनभोज कार्यक्रम चैत्र १२ गते सम्पन्न गरेको छ । संस्थाका सम्पूर्ण कार्यसमिति, कलाकार र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न वनभोज कार्यक्रम ललितपुर जिल्लाको गोधावारीमा राखिएको थियो । वनभोजमा शेर्पाहरुको संस्कृति झल्कने स्यावु्र नृत्य गरेर वनभोजको रौनक ल्याएको थियो । स्यावु्रमा शेर्पा समुदायका युवा गायक ल्हाक्पा शेर्पा अमोद र छिरिङ्ग शेर्पाले समेत साथ दिएका थिए ।

लोसारको समयमा सबै व्यास्था भएको कारण कार्यसमिति सबैले एकै ठाउमा लोसार मनाउना नपाएको र लोसार कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको खुसीयालीमा यो वनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष छिरिङ्ग शेर्पाले बताएको छ । वनभोजमा करिव ११० जना भन्दा बढीले सहभागिता जनाएको संस्थाका वरिष्ट उपाध्यक्ष आङ डोमा शेर्पाले बताउनु भयो । अन्तमा संस्थाका अध्यक्ष शेर्पाले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सयोयोग गर्नु भएकोमा उपस्थित सबैलाई धन्यवाद व्याक्त गरेका थिए  ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय