३० जनवरी क्वालालम्पुर, मिङमा शेर्पा पाङकर्मा मलेसियामा छुट्टीको अबसर पारी शेर्पा किदुग मलेसिया द्धारा ग्याल्पो लोसार कार्यक्रम सम्पन्न गराएको छ । अध्यक्ष ङावाङ नुरी शेर्पा गर्जाको अध्यक्षतामा सुरु भएको ग्याल्पो लोसार कार्यक्रममा प्रमुख अतिथि आचार्य कर्मा रिन्जिङ शेर्पा विशेष अतिथि आदिवासी जनजाति महासघ मलेसियाका अध्यक्ष दिपक तामाङ, एभिन्युज टेलिभिजन VJ श्री ल्हाक्पा शेर्पा, अतिथिहरु मलेसियामा सक्रिय विभिन्न जातिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, राजनीति भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार ज्यु, होटेल ब्याबसायी तथा समाजसेवी बुद्धिजीवी एवम मलेसियाको १४ वटा प्रान्त बाट उपस्थिति रहेको किदुगका महासचिव मिङमा शेर्पा पाङकर्माले जानकारी दिनु भएका थिए ।
किदुगले आफ्नो भाषा, धर्म, सस्कार, संस्कृति, भेषभुषा, मौलिक परम्परा, लिपि र पहिचान लाई संरक्षण गर्नु पर्छ भन्ने भावना साथ न्यून शेर्पा रेस्टुरेन्टका प्रो. तेन्जिङ शेर्पा सग सहकार्य गरि शेर्पा पोशाक ३८० थान मलेसिया भित्राए थियो भने कार्यक्रममा शेर्पा पोशाकमा सबैजनाको उपस्थिति भएको किदुग महासचिव शेर्पाको दाबी रहेको छ ।
किदुगको निमन्त्रणामा चर्चित गायक मिङमा शेर्पा, चर्चित गायक गम्बु शेर्पा, युवा गायक छिरिङ शेर्पा, मोडल रुपा एस. घले र कोरिग्रफर तथा पत्रकार सुरज राईको मलेसियामा उपस्थिति रहेको थियो । शेर्पाहरु परिचानमा आधारित शेर्पा श्यार्ब्रु नृत्यका साथमा शेर्पा प्रदेशको निम्ति झुल्कियो घाम ताप्लेजुङ बाट शेर्पा प्रदेश, फैलियो किरण रसुवा सम्म हाम्रै परिचानको भन्ने शेर्पा राष्ट्रिय गितमा बिजोड प्रस्तुति रहेको प्राप्त जानकारी रहेको छ ।
तस्वीरहरु