शेर्पा जाती को भाषा ,कला,सस्कृती तथा परम्परागत मुल्य र मान्यता हरु को संरक्षण तथा प्रबर्द्धन गर्नका लागि युरोपियन मुलुक रोमेनियामा शेर्पा किदुग रोमानिय स्थापना गरिए यता लोसार कार्यक्रम आयोजन हुँदै आई रहेको छ ।

रोमेनियामा बसोबास गरि रहेका सबै शेर्पा हरु लाई सङ्गठित गर्न विभिन्न कारण हरु बाट समस्य मा परेका हरु लाई मानवीय रुपमा उचित सहयोग गर्न तथा आफ्नो मातृभुमी देश नेपाल छोडेर बिदेश आएका हरुले पनि बिदेशी भुमिमै रहेर र शेर्पाहरुको ऎतिहासिक मौलिक पहिचानका खातिर अग्रसर हुन समय र परिस्थिति अनुसार आबश्यक भएकाले रोमेनिया मा रहेको सबै शेर्पाहरुको साझा सस्थाको रुपमा शेर्पा किदुग, रोमानिय स्थापना गरिएको हो ।

स्थापना पछि दोस्रो पटक 21 फेब्रुअरी २०१८मा kumar restaurant indian !!! Str Alexandru Moruzzi Voievd.78 स्थित स.फो.खि लो २१४५ लोसार स.फो.खि लो २१४५ लोसार आयोजन गर्न लागेको संचारकर्मी ल्हक्पा तेन्जी लामा शेर्पाले जानकारी दिनु भयो साथै रोमनिया मा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु बिच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हुदा सबैमा उपस्थित हुनु भै कार्यक्रम लाई सफल पारिदिनु हुन अनुरोध गरेका छन

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय