आङ दोर्जी लामा शेर्पा
अध्यक्ष
नेपाल शेर्पा संघ

नेपालको हिमाली भुभागमा परापूर्व कालदेलि बस्दै आई रहेको शेर्पा समुदायको मुद्दहरु स्थापित गर्नका लगि गठन भएको नेपाल शेर्पा संघले आफ्नै भवन खरिद गर्न लागेको छ । शेर्पा समुदायको हक, अधिकारका लागि स्थापना कालदेखिनै विभिन्न कार्यक्रम र कदमहरु चाल्दै आईरहेको शेर्पा संघले किन भवन खरिद गर्न लागेको हो त ? यस विषयमा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पा साँग पत्रकार सोनाम याङजी शेर्पाले गरेको कुराकानीको छोटो अंश ।

शेर्पा संघको विषयमा थोरै जनाकारी गराई दिनु होस् न ?
नेपाल शेर्पा संघ सम्पूर्ण शेर्पाहरुको साझा संस्था हो । यो २०४८ सालमा दर्ता गरी अहिले विभिन्न २२ वटा जिल्लामा जिल्ला शाखा गठन भई सकेको छ । नेपाल शेर्पा संघले सम्पूर्ण शेर्पाहरुको हक, हित र अधिकार सुनिश्चितको लागि साथै शेर्पा समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्दनको लागि पहल गर्ने गर्दछ ।

नेपाल शेर्पा संघको शेर्पा समुदायका लागि आगामी कार्ययोजना के छ ?
नेपाल शेर्पा संघले संस्थाको नियमित काम सँगै तत्कालको लागि नेपाल शेर्पा संघले भवन खरिद गर्न लागेको छ । संस्था दर्ता गरेको यतिका वर्ष हुँदा पनि संघको आफ्नै एउटा भवन पनि नभएको हुनाले संस्थाको आफ्नै भवन खरिद गर्ने निर्णय भएसँगै भवन खरिद गर्ने कार्यक्रम अगाडी बढी सकेको छ ।

संस्था गठनको लामो अन्तरालमा संस्थाको भवन खरिद गर्न लागेको छ ? किन खरिद गर्न लाग्नु भएको जनाकारी गराई दिनुहोस् न ।
शेर्पा संघ गठन भएको २६ वर्ष पार गरि सकेको छ । शेर्पा संघले आफ्नो मुद्दाको विषयमा धेरै कुराहरु उठान गरेता पनि शेर्पा संघको आफ्नै भवन छैन । त्यो भवन किन आवश्यक छ भन्दा खेरि आझ सम्म कार्यसमितिले प्रतेक महिना उठाएको लेवीले घर भाडा र कर्मचारिको तलब दिनु पर्ने स्थितिमा छ । त्यसले गर्दा कहिले काही समय पनि दिनु पर्ने र अर्थिक रुपमा पनि दिनु पर्दा समाजिक कार्यको लागि लागी परेकाहरु हरेस खाना पुग्दो रहेछ त्यसैले गर्दा हामीले एउटा भवन बनाउनु पर्छ बनेर प्रयास गरेका छौँ । यो प्रयास यस भन्दा अगाडिका कार्यसमितिका साथीहरुले पनि प्रयास गरेको थियो तर सफल हुन सकेन त्यसैले यसलाई अहिलेको कार्यसमितिले पहिलो प्रथामिकतामा रखेर अगाडि बढी रहेका छौँ । यस भन्दा पहिला नै जग्गा खरिद गरि भवन निर्माण गर्ने भनेको भएता पनि त्यसमा केही समस्या आएपछि हामीले जग्गा सहितको भवन जोरपार्टी नजिकै खरिद गर्न लागेका छौँ ।
साँडे १८ आनामा भनेको ११ हजार स्क्वाईर फिट घर हामीले प्रप्त गरि सकेका छौँ । तत्कालिन समयमा हेर्ने हो भने शेर्पा समुदाय भित्र स्थापना भएका संस्थाहरुलाई पनि समेट्ना सक्ने भवन र धेरै सस्तो पनि पएको हुनाले यसलाई हामीले चार करोड पैसाठी लाखमा खरिद गर्ने भएका छौँ भने सम्बन्धित घर धनीले व्यक्तिगत रुपमा १५ लाख सहयोग पनि गर्नु भएको ४ करोड ५० लाखमा खरिद गर्ने भएका छौँ ।

शेर्पा संघको भवनमा सबै संस्था समेट्ने अध्यक्षको भनाई चार देखि पाँच महिनामा भवन खरिद सम्पन्न हुने

 

भवन खरिद गर्नुको मुख्य कारण चहि के हो र यसको आवश्यक्ता के कति छ ?
समुदायमा यो भवन खरिद गर्नु भनेको समुदायको आर्थिक वचत गर्न सकिन्छ । शेर्पा समुदायमा अहिले सम्मा १२÷१३ वटा संस्था र धेरै भन्दा धैरे किदुगहरु स्थापना भएका छन् । यस संस्था र किदुगहरुले मासिक १२ देखि १५ हजार सम्मको कोठा भाडामा लिएर सञ्चालन गरेका छन् । सबै सस्थाबाट मासिक २ देखि ३ लाख सम्मा कोठा भाडा बुझाई रहेको छ । यो सबै समुदायबाट संकलित रकम नै जाने भएको हुनाले समुदायको अर्थिक जोगाउना सक्छौँ भने अर्को चहि एउटै भवनमा सबै संस्थाहरु हुने हुँदा कुनै कार्यक्रमहरु सञ्चालन गर्दा पत्रचार गर्न देखि लिएर सुचना दिन सजिलो हुन्छ ।

भवन खरिदगर्ने काम सुरु भई सकेको छ अब कति समयमा खरिद सम्पन्न हुन्छ ?
अबको ४÷ ५ महिना भित्रनै भवन खरिद गर्ने गरि सबै काम अगाडी बढी सकेको छ । यो हाम्रो कार्यकाल सक्न करिब एक वर्ष मात्रा बाँकी रहेको छ यो कार्यकालमा भवन खरिदको सबै काम पूरा गरि नयाँ कार्यसमितिलाई हास्तान्तरन गर्ने हाम्रो कार्ययोजना रहेको छ ।

कुराकानीको अन्तमा छौँ के भन्न चहानुहुन्छ शेर्पा समुदायलाई ?
नेपाल शेर्पा संघले आफ्नै भवन खरिद गर्ने कार्ययोजना अगाडी बढाई सकेको छ यसका लगि समुदायको साथ र सहयोगको खाँचो छ । हेर्दा अर्थिक धेरै देखिएता पनि यो एक पटकको लागि मात्रा जाने र त्यसपश्चात हाम्रै समुदायको हुने हुनाले सबैले यसलाई सफल पर्न साथ सहयोग गर्नु हुनेछ र भवनका लगि आर्थिकको समेत सहयोग आवश्यता रहेको हुनाले नेपाल शेर्पा संघ यहाँहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछ । धन्यवाद !

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय