हिमाली सन्देश सोल, दक्षिण कोरियामा लामो समय देखि विभिन्न सामाजिक र परोपकारी कार्य गर्दै नेपाली समुदाय माझा आफ्नो पहिचान स्थापित गर्न सफल शेर्पा संघ कोरियाले यसपाली पनि ग्याल्बो ल्होसार मनाउने भएका छन् । गत आइतबार फेनतेकमा सम्पन्न बैठकले आगामी कोरियन पर्व सलनालको अवसरमा फेब्रवरी १६ तारिख ग्याल्बो ल्होसार मनाउने निर्णय गरेको हो ।

प्रवास मै रहेर आफ्नो भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघको अध्यक्ष सेर साङबो शेर्पाले बताए । साथै कोरियामा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले थपे ।

उक्त ल्होसार कार्यक्रममा स्थानीय शेर्पा कलाकारहरुको बेजोड़ प्रश्तुति रहने छ भने रात भरि डीजे सेसन र उचित खान पिनको ब्यावस्था समेत रहने आयोजकले जनाएको छ ।

केही दिन अघि काम गर्नेक्रममा अचानक घुडामा गम्भीर समस्या देखेपछि सउलको वनजारक क्यानसर हस्पिटलमा भर्ना भएका निमा शेर्पालाई सहयोग स्वरुप संकलन गरिएको रकम ३ लाख ४१ हजार हस्तान्तरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला लिस्ती स्थाई घर भई २ वर्षा अगाडी कोरिया प्रवेश गरेका निमालाई अस्पताल भर्ना भएको बेला अपरेशन गर्नुपर्ने सम्भावना चिकित्सकले औलाएपछि आर्थिक सहयोग संकलन गरिएको थियो । संघका कोषाध्यक्ष गुरु निमा शेर्पाले विरामीलाई प्रत्यक्ष भेटी सहयोग रकम हस्तान्तरण गरिएको थियो । घुडाको शल्यक्रिया गर्नु नपर्ने चिकित्सकको सुझावमा विरामीको अवस्थामा क्रमिक सुधार आइरहेको जनाइएको छ ।

सोर्स:फोनिज कोरिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय