शेर्पा संघ, जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हीमाली बासीहरुको मुख्य पर्ब लोसारलाई भब्य रुपमा मनाऊने तयारी गरेको हो ।
बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४५ स फो खी लो ग्याल्बो लोसारलाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ तिब्र तयारीमा जुटेको छ । feb 18 तारिखका दिन तय गरिएको लोसार बिशेष कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्था शेर्पा संघ जापानले जानकारी गराऊनु भएको छ।
कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने बिशेष गरि हीमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा संस्कृति झल्काउने गरि कार्यक्रम हल तथा मन्चको ब्यबस्थापन गरिने छ भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहनेछन साथै कार्यक्रममा चर्चीत गायक कर्म दोङ र बिरेन्द्र बिष्टले भिबिन्न नेपाली र सेलो गीतहरु गाएर मनोरन्जन दीलाऊनेछन भने कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्नेछन ।
कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोषाक पनि प्रदर्शन गरिने र कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै भेसभुषामा उपस्थित भईदीन शेर्पा संघले बिनम्र अपिल गरिएको छ भने कार्यक्रममा जापानस्थित नेपाली दूताबास, एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैरशेर्पा सबै जापानबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ पत्रचार नपुगेको खण्डमा यसै समचारलाई आधारमानी उपस्थित भईदीन शेर्पा संघ जापानले बीनम्र अनुरोध गरिएको छ।
संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जापानबासी सम्पुर्ण नेपालीहरूलाई लोसार कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जनसंगै हीमाली शेर्पा जातीहरुको संस्कृती अध्यान गरिदीन आग्रह गरेका छन भने कार्यक्रममा जापानमा क्रीयाशिल दर्जलौ अनलाईन खबरहरु मीडीय पार्टनरको रुपमा रहेका छन ।शेर्पा संघ जापान, जापानको कानुन अनुसार दर्ता भएको जेठो नेपाली संस्था हो । शेर्पा संघले जापानबासी शेर्पा तथा गैरशेर्पा नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको समाजिक संस्था हो ।
टाेकीयाे स्थित मन्दीर रेष्टुरेन्ट 〒105-0023 Tōkyō-to, Minato-ku, Shibaura, 1 Chome−2−2, シーバンスアモール 2F
समय -बिहान ११ बजेबाट ५ बजे सम्मा !
फेब्रअरी १८ तारिक