हिमाली सन्देश शेर्पा संचार समुह नेपाल जिल्ला शाखा ताप्लेजुङको अध्यक्षमा दावा रिन्जिङ( नावा) शेर्पा सर्बसम्मत रूपमा नियुक्त भएको छ।त्यसैगरी उपाध्यक्षमा राजकुमार (पाङ्कर्मा) शेर्पा सर्बसम्मत नियुक्त हुनुभएको छ भने अन्य पधादिकारी हरु यथावत रूपमा उपाध्यक्ष निमा शेर्पा ,महासचिव आर. जे .तेन्जिङ पाङ्कर्मा शेर्पा , सचीव तेन्जिङ पाङ्कर्मा शेर्पा ,कार्यसमिति सदस्य हरु आर जे मिङ्मा पाङ्कर्मा शेर्पा ,राजकुमार पोया शेर्पा ,लगायत अन्य सदस्य हरु यथावत नै रहेका छन।संचार समुह ताप्लेजुङको कार्यसमितिको बिशेश बैठक तथा छलफल बाट अध्यक्ष र उपाध्यक्षको नियुक्ति गरेको हो।संचार समुहका पुर्ब अध्यक्ष मिङमा पाङ्कर्मा शेर्पाको वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत रहदा अकस्मात मुटुको समस्याका कारण निधन भएपछि सस्था नेतृत्वबिहिन भएको थियो ।
शेर्पा संचार समुह नेपालको जिल्ला शाखाको रूपमा लामो समयदेखी कृयाशिल यो सस्थाले ताप्लेजुङ जिल्ला भरी रहेका आम शेर्पा समुदायलाइ सन्चार क्षेत्रको माध्यमबाट चेतना ,जागरण अभिबृदी गराउदै,सन्चार क्षेत्र प्रती शेर्पा युबा हरुलाइ आकर्षण गराउन विभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ।सन्चार समुहकै नेतृत्व ,ब्याबस्थापन र उत्पादनमा ताप्लेजुङका दुइ वटा रेडियोहरु रेडियो तमोर 102 मेघाहर्ज र फक्ताङ्लुङ एफ एम 89.8 मेघाहर्ज बाट “शेर्बी डोलाम “कार्यक्रम प्रशारण भैरहेको छ।”शेर्बी डोलाम “कार्यक्रमलाइ सन्चार समुह कार्यसमिति का महासचिव वरिष्ठ आर जे तेन्जिङ पाङ्कर्मा शेर्पा र कार्यसमिति सदस्य आर जे मिङ्मा शेर्पा द्वय ले सन्चालन गर्दै आइरहेको छ।
को हुन त अध्यक्ष शेर्पा ?
शेर्पा संचार समुह जिल्ला शाखा ताप्लेजुङका नव नियुक्त अध्यक्ष रिन्जिङ( नावा) शेर्पा बिगतमा मिङमा शेर्पा नेतृत्वको कार्यसमितिमा उपाध्यक्षमा रहेका थिए!राजनिती शास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेका शेर्पा एम ए को पढाई बिचैमा छोडेर वैदेशिक रोजगारीको लागी दक्षिण कोरिया गएका थिए।उनि शेर्पा संघ दक्षिण कोरिया र नेफेसो कोरियाका महासचिव साथै world Sherpa news का लागी दक्षिण कोरियाका सम्बाददाता समेत हुन।उनि खेलकुद र युबा सामाजिक अभियान्ताको रूपमा ताप्लेजुङ जिल्ला भरिका शेर्पा युबाहरु माझ परिचित मानिन्छन् ।त्यसै गरि अर्का उपाध्यक्ष राजकुमार शेर्पा ताप्लेजुङ जिल्लाका शेर्पा युबा हरु मध्ये को एक शसक्त,जुझारु,समाजसेवी को रूपमा परिचित छन।
पुर्ब अध्यक्ष मिङ्मा शेर्पाको निधन भए पछि उहाँको नेतृत्वमा अगाडी सारेका योजना हरु,उहाँ का सपनाहरु साकार पार्न सिङ्गो टोलि सशक्त रूपमा लागी पर्ने अध्यक्ष शेर्पा ले बताएका छन।त्यसै गरि अन्य बिबिध गतिविधिहरु,समाजको सकारात्मक रुपान्तरणका कार्यक्रमहरु लाइ अझ परिस्कृत रूपमा अगाडि सार्ने,सन्चार क्षेत्र समाजको ऐना भएको हुनाले ताप्लेजुङ जिल्लाको समुदायगत हिसाबमा दोस्रो ठुलो जनसंख्या भएको शेर्पा युबाहरुमा लुकेर,दबिएर रहेका प्रतिभा र संभावना हरुलाइ प्रस्फुटन गराउन मदत गर्दै,शेर्पा युबाहरुलाइ सन्चार क्षेत्र बाट जिल्लाको र सिङ्गो रास्ट्रको मुलधारको संचार माध्यममा प्रतिस्पर्धा र बर्चस्व स्थापित गराउन भुमिका खेल्ने लगायतका विविध उदेश्यहरु रहेका छन।शेर्पा समुदायको भासा,लिपि,धर्म -सस्कृतिको जगेर्ना ,बिकास र प्रचारप्रसारमा जोड दिने,शिक्षा नै बिकास र चेतनाको मेरुदण्ड भएको हुनाले शिक्षा क्षेत्रमा पछाडी पारिएका ताप्लेजुङ जिल्लाका प्रत्येक गाउँ कुना कन्दराका युबा हरुलाइ अनिवार्य रूपमा उच्च शिक्षा दिलाउन पहल र चेतना बिस्तार गर्ने,आफ्नो मातृभाषा को आधारभूत शिक्षाको महत्त्व र आवस्यकता लाइ सन्चार को माध्यम बाट सुसुचित गर्ने गराउने लगायत समयानुकूल बिबिध सामाजिक रुपान्तरणमा सन्चार कार्यसमितिको टोलिको सामुहिक नेतृत्व लागिपर्ने बताउनु भयो।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित