शेर्पा सोसाईटी पोर्तुगलको चौथो अधिवेशनबाट अध्यक्षमा ओङगेल लामा शेर्पा निर्वाचित भएका छन् । सोमबार र मङ्गलबार सम्पन्न अधिवेशनले दुई वर्षका लागि २१ सदस्सीय कार्यसमितिको निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कामा छिरिङ शेर्पा, उपाध्यक्षद्वय सेससाङ शेर्पा र छिरिङ शेर्पा, महासचिव ल्हाक्पा छोटी शेर्पा, सचिव पासाङ नुर्बु शेर्पा, कोषाध्यक्ष पेमा शेर्पा र सह–कोषाध्यक्षमा छिरिङ शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरुमा नुर्बु शेर्पा, दोर्जी शेर्पा, दावा शेर्पा, सोनाम शेर्पा, पासाङ गेलु शेर्पा, तेन्जी शेर्पा, गेलु लामा शेर्पा, दावा लामा शेर्पा, पसी शेर्पा, दावा छिरिङ शेर्पा र ङिमा शेर्पा चयन भएका छन् । २ जना अध्यक्षले मनोनित गर्ने बताइएको छ ।
नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिती संयोजक पेम्बा शेर्पाले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई बधाई तथा कार्यकालको सफलताको हार्दिक शुभकामना

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय