काठमाडौ, कात्तिक २७ । पहिलो शेर्पा महिला पत्रकारका रुपमा सगरमाथा आरोहण अभियानमा रहेकी डोमा शेर्पालाई तिरुपाती बोडिङ स्कुलका विद्यार्थीहरुले आरोहण सफलताको शुभकामना दिएका छन ।
तिरुपाती बोडिङ स्कुलले हिजो (मिट एण्ड ग्रिट डोमा शेर्पा) भेटघाट एव शुभकामना कार्यक्रमको आयोजना गरेको थियो ।
पत्रकार शेर्पाले पत्रकारीता क्षेत्रमा लाग्दाको अनुभव र संघर्षका दिनहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको थियो भने सगरमाथा आरोहण अभियान २०१८ को विषयमा जानकारी दिएका थिए । महिला शसक्तिकारण, नेपालको पर्यटनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरसम्म पु¥याउने उद्देश्यका साथ शेर्पा सगरमाथा आरोहणको तयारीमा छिन ।
तिरुपाती बोडिङ स्कुलका सस्थापक/ प्रधानध्यापक तेन्जिङ भुटियाले यस कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय