सन्चारकर्मी एवम् पत्रकार डाेमा शेर्पा सगरमाथा आराेहण गर्ने अभियान लागेकी छिन् । आऊदाे बर्षकाे वसन्त ऋतुमा सगरमाथा चुम्ने याेजना रहेकाे जनाएकाे छ । ग्रीन लेक ट्रेक एन्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आराेहण गर्ने भएकाे छ ।
महिला सशक्तिकरणलाई ससक्त रूपमा अगि बढाउन सगरमाथा आराेहणकाे अभियान्त्रि सन्चारकर्मी डाेमा शेर्पा महिला हक अधिकारलाई बुलन्द अावाज उठाउन सक्रियता साथ लागि पारेकी छिन् । शिक्षा नै महिला जागरणकाे पहिलाे खुड्किलाे भएकाेले समग्र महिलाहरू शिक्षित हुन अावश्यक रहेकाे, महिला स्वतन्त्र र आत्मनिर्भरताका लागि आफूमा सक्षमता हुनपर्ने जरूरी रहेकाे बताउदै उनले शिक्षित महिलाहरू आफ्नाे अधिकारकाे लागि राज्यकाे हरेक निकायमा लाग्नुपर्ने बताएकी छिन् ।
साेलुखुम्बुकाे दुधकुन्ड नगरपालिकामा जन्मेकी डाेमा शेर्पा अहिले पत्रकारिता विषयमा स्नातकाेत्तर दाेस्राे बर्षमा अध्ययनरत छिन् । उनी शेर्पा सन्चार समूहकाे पूर्व अध्यक्ष, आदिवासी जनजाति युवा सघकाे उपाध्याक्ष हुनुहुन्छ । पत्रकारितामा ९ बर्ष अगि साेलुअनलाइनमा प्रवेश गरेकी डाेमा शेर्पा गाेर्खा एफ़एममा कार्यक्रम प्रस्ताेता हुदै इन्डिजीनियस टिभीमा हिमाली आवाज नामक कार्यक्रमकाे सन्चालिका तथा शान्तिमार्ग, हिमाली सन्देश पात्रिकाकाे पनि सन्चालिकाकाे रूपमा कार्यरत छिन् ।
सगरमाथा अाराेहणका लागि अभियान शुरू गरिसकेकी पत्रकार डाेमाले विभिन्न सघ संस्था तथा व्यक्तिहरूमा अभियानलाई सफल बनाउन सहयाेगकाे पनि अपिल गरेकी छिन् । उनी भन्छिन् “याे अभियान सफलता पूर्वक सम्पन्न गर्ने लक्ष्य लिएकी छु सबैले साथ दिने विश्वास लिएकी छु, भविश्यमा पत्रकारिता सगै महिला अधिकारकाे निम्ति सशक्त रूपमा अगि बड्ने साेच बनाएकाे छु