Tapting

सोलुखुम्बुको टाप्टिडस्थित सोल्नासमा अवस्थित जनप्रिय उच्चमाविको लागि सेभेन समिट फाउण्डेसनद्धारा एक चारकोठे पक्की भवन निर्माण सम्पन्न गरेको छ । करिब ११ लाखको लगानीमा निर्माण सम्पन्न सो पक्की भवन सम्पन्न भएको सेभेन समिट फाउन्डेसन नेपालका महासचिव टुक्टी शेर्पाले बताए । गत अघिल्लो बर्ष गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि पठन पाठनमा कठिनाई भएपछि सोभेन समिटले भवन बनाउन शुरु गरेको थियो ।
सभेन समिट फाउन्डेनका अध्यक्ष एसि शेर्पाले स्थापना गरेको सो फाउण्डेसनमार्फत सोलुखुम्बु लगायत नेपालका विभिन्न स्थानमा विद्यालय भवन निर्माण, विद्यालयलाई शैक्षिक सामाग्री र भुकम्प पीडितलाई राहातलगायत सहयोग उपलब्ध गराउँदै आएको छ ।

ल्यापटप र किन्डल वितरणपछि सस्थाका अध्यक्ष शेर्पा

यस अधि पनि फाउण्डेसनले टाप्टीडको सोही स्कुलमा १० थान ल्यापटप र १० थान किन्डल वितरण अध्यक्ष एसी शेर्पाको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । आफ्नो जन्मस्थान पनि भएकोले शेर्पाको पहलमा जनप्रिय उच्च माविका लागि कम्प्यूटर पठाउने एक शिक्षक पनि निजी खर्चमा शिक्षक उपलब्ध गराउँदै आएको छ । त्यसैगरी न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति, विभिन्न शैक्षिक सामाग्रीहरु पनि बर्षेपिच्छे उपलब्ध गराउँदै आएको अध्यक्ष शेर्पाले बताए । त्यसैगरी फाउण्डेसनले अघिल्लो बर्ष सिन्धुपाल्चोकमा पनि भुकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणका लागि अािर्थक सहयोग उपलब्ध गराएको थियो ।

गैरआवासिय नेपाली संघ उत्तर अमेरिका क्षेत्रका सहसंयोजक तथा अमेरिकाको सियाटलका लागि वाणिज्यदुत समेत रहेका फाउण्डेसनका अध्यक्ष शेर्पाले भने अबको सोलुखुम्बुको लागि लागि दन्त अस्पताल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । सेभेन समिटका अध्यक्ष शेर्पाको पहलमा सोही गाविसमा रहेको एक हाईड्रोपावर निर्माण गरि करिब डेढ सय स्थानीय परिवारलाई विद्युत उपलब्ध गराउँदै आएको छ। पmाउण्डेसनको तर्फबाट अघिल्लो बर्ष सोलुखुम्बुकै चैलुड गाविसमा विजुली बत्तिको लागि फलामको ४८ वटा पोल वितरण गरिएको थियो । अबको सामाजिक कामको दायरा र क्षेत्र पनि बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनु भयो ।

 

Source:soluonline

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय