हिमाली सन्देश ८ कात्तिक/सोलुखुम्बु समाचार – प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा १२५ मतदान केन्द्र रहने भएको छ । गत स्थानीय तहको निर्वाचनमा रहेको मतदान केन्द्रमा यस पटक ५ वटा मतदान केन्द्र थप गरिएको हो ।
मतदाताका आधारमा यस पटक पाँच वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले जानकारी दिइन् । उनका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा छुल्यामु आधारभूत विद्यालय दोर्पू, दुधकुण्ड माध्यमिक विद्यालय फाप्लु, गोराखानी आधारभूत विद्यालय गोराखानीमा एक एक केन्द्र थप भएको छ । यस्तै दुधकोशी गाउँपालिकाको काँकु माध्यमिक विद्यालय भेडाचौर र दुधकौशिका गाउँपालिकाको जनता माध्यमिक विद्यालय लोखिममा पनि एक एक वटा केन्द्र थप भएका छ ।
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुमा ११८ वटा मदतानस्थल र १२० केन्द्र रहेका थिए । सोलुखुम्बुमा प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि ६९ हजार ४११ मतदाता रहेकाछन् ।
Source:solukhumbu samachar